लुम्बिनी प्रदेश समाज, यूएईले बुद्ध जयन्ती तथा नववर्ष २०८३ को अवसरमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने
27 Apr 2026
पिताम्बर सुबेदी, पाल्पा
बैशाख १४, २०८३ | April 27, 2026
लुम्बिनी प्रदेश समाज, यूएईले २५७०औं बुद्ध जयन्ती तथा नववर्ष २०८३ को पावन अवसरमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। “एकता – सहकार्य – लुम्बिनीको पहिचान – बुद्ध जन्मभूमि, विश्व शान्ति अभियान” भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त कार्यक्रम विश्व शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले प्रस्तुत गर्न लागिएको आयोजकले जनाएको छ।
बुद्ध जन्मभूमि लुम्बिनीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक गौरवलाई प्रवासमा प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना हुन लागेको यस कार्यक्रममा नेपाली मौलिक संस्कृति, एकता र सामाजिक सद्भावको सशक्त प्रस्तुति रहनेछ। कार्यक्रमलाई विशेष आकर्षण र भव्यतासहित सम्पन्न गर्ने तयारी गरिएको छ।
कार्यक्रममा लुम्बिनी प्रदेश समाज, यूएईको मौलिक सांस्कृतिक प्रस्तुति, नेपाल मगर संघ, यूएई शाखाद्वारा आकर्षक कौरा नृत्य तथा चर्चित कलाकारहरूद्वारा बेजोड सांगीतिक प्रस्तुति रहने जनाइएको छ। साथै, विश्व शान्तिको कामनासहित विशेष प्रस्तुतिसमेत समावेश गरिनेछ।
उक्त सांस्कृतिक कार्यक्रम ०३ मे २०२६ का दिन दिउँसो १ बजेबाट Rock Namaste Restro Club, Grand Astoria Hotel, Meena Bazar, Bur Dubai मा आयोजना हुनेछ।
यूएईमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ।
