पाल्पाली समाज यूएईको ११औं वार्षिकोत्सव घोषणा

Pitambar Subedi

06 May 2026

/ 7:49 am

 

दुबई, ६ मे २०२६ –

“एक्काइसौं शताब्दीको आवश्यकता—सीप र ज्ञान, यूएईको माटो सुहाउँदो पाल्पालीहरूको अभियान!” यस मूल नाराका साथ पाल्पाली समाज यूएईले आफ्नो ११औं वार्षिकोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

यूएईका विभिन्न भागमा कार्यरत पाल्पाली समुदायबीच एकता, भाइचारा र सांस्कृतिक समृद्धिलाई थप सुदृढ पार्न आयोजित उक्त कार्यक्रममा ख्यातिप्राप्त लोकदोहोरी गायक अर्जुन न्यौपाने र चर्चित गायिका निरुता गैरे को संयुक्त बेजोड प्रस्तुति रहनेछ। प्रवासमा रहेका पाल्पालीहरूको मौलिक भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यो विशेष कार्यक्रम आयोजना गरिएको समाजका महासचिव खुमप्रसाद न्यौपानेले जानकारी दिए।

कार्यक्रम विवरण
मिति: २४ मे २०२६ (आइतबार)
समय: दिउँसो १:०० बजेबाट
स्थान: जया किचन रेष्टुरेन्ट, दुबई

समाजले यूएई बासी सम्पूर्ण पाल्पाली अग्रज, अभिभावक, दाजुभाइ तथा दिदीबहिनीहरूको गरिमामय उपस्थितिको अपेक्षा गरेको छ। थप जानकारीका लागि महासचिव खुमप्रसाद न्यौपाने (०५८ ६९३६०३५) सँग सम्पर्क गर्न सकिनेछ।

पाल्पाली समाज यूएईले सन् २०१४ देखि एकताबद्ध भएर सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। यस वार्षिकोत्सवले समुदायबीचको सहकार्यलाई थप गहिरो बनाउने अपेक्षा गरिएको छ।

पाल्पाली समाज यूएई परिवार
www.palpapalisamaj.org

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us