पाल्पाली समाज यूएईद्वारा २५८०औं बुद्ध जयन्तीको शुभकामना

Pitambar Subedi

01 May 2026

/ 10:14 am

१ मे २०२५, दुबई । पाल्पाली समाज यूएईले २५८०औं भगवान गौतम बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

संस्थाका अध्यक्ष कैलाश अर्यालले जारी गरेको शुभकामना सन्देशमा भगवान बुद्धले दिएका अहिंसा, शान्ति र करुणाका सन्देशहरू आजका दिनमा झन् सान्दर्भिक रहेको उल्लेख गर्दै ती मूल्य र आदर्शलाई आत्मसात गरी समाजमा सकारात्मक परिवर्तनका लागि लाग्न सबैलाई आह्वान गरिएको छ।

सन्देशमा अध्यक्ष अर्यालले यस पवित्र अवसरले सबै नेपालीबीच आपसी सद्भाव, सहकार्य र एकताको भावना अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

शुभकामना सन्देशमा पाल्पाली समाज यूएईले भगवान बुद्धको शिक्षाबाट प्रेरणा लिएर शान्त, समावेशी र मानवीय समाज निर्माणतर्फ सबैले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us