युएईको विद्यालय टपर बनेकी पाल्पाली चेली साक्षी भट्टराई

Pitambar Subedi

18 Apr 2026

/ 8:56 am

युएईको विद्यालय टपर बनेकी पाल्पाली चेली साक्षी भट्टराईलाई हार्दिक बधाई तथा शुभकामना! 

पाल्पाली समाज युएईका आदरणीय सल्लाहकार श्री शारदा प्रसाद भट्टराईज्यूकी सुपुत्री साक्षी भट्टराईले CBSE बोर्ड कक्षा १० को परीक्षामा उल्लेखनीय ९८.८% अंक प्राप्त गरी विद्यालय प्रथम (School Topper) बन्न सफल हुनुभएको छ। यस ऐतिहासिक सफलतामा पाल्पाली समाज युएई परिवार हृदयदेखि नै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ। 🎓✨

प्रवासमा बसेर पनि मेहनत, लगनशीलता र आत्मविश्वासका बलमा साक्षीले हासिल गर्नुभएको यो उपलब्धि सम्पूर्ण पाल्पाली तथा प्रवासी नेपाली समुदाय को गर्वको विषय बनेको छ।

उहाँको प्रेरणादायी सफलता ले अन्य युवा–युवतीहरूलाई पनि लक्ष्यप्रति अटल रहँदै उत्कृष्टता हासिल गर्न प्रोत्साहन दिनेछ भन्ने हाम्रो विश्वास छ।

साक्षी भट्टराई लाई शुभकामना:

तपाईँको शैक्षिक यात्रा निरन्तर प्रगतिशील रहोस्। प्रत्येक सफलता नयाँ उपलब्धिको ढोका बन्ने विश्वास गर्दछौं। 🌺

— पाल्पाली समाज यूएई परिवार

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us