पाल्पाली समाज यूएईको ११औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

Pitambar Subedi

24 May 2026

/ 7:33 pm

दुबई, यूएई | २०८३ जेठ १०

यूएईमा रहेका पाल्पालीहरूको साझा संस्था पाल्पाली समाज यूएई ले आफ्नो ११औँ वार्षिकोत्सव समारोह तथा सांस्कृतिक कार्यक्रम भव्य र उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न गरेको छ। दुबईस्थित जया किचेन रेष्टुरेन्ट २४ मे २०२६ का दिन आयोजित उक्त कार्यक्रममा नेपाली कला, संस्कृति, एकता तथा आपसी सद्भावको आकर्षक प्रस्तुति झल्किएको थियो।

कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्वलन तथा स्वस्ती वाचनमार्फत गरिएको थियो भने वार्षिकोत्सवको अवसरमा विशेष केक काटेर उत्सव मनाइएको थियो। कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष श्री कैलाश अर्यालले गर्नुभएको थियो।

कार्यक्रम सञ्चालनका क्रममा समाजका प्रवक्ता पिताम्बर सुबेदीले महासचिव श्री खुमप्रसाद न्यौपानेलाई मञ्चमा आमन्त्रण गर्नुभयो र औपचारिक कार्यक्रम सुरुवात भएको थियो। उपस्थित अतिथि लगायत सम्पूर्ण महानुभावहरूलाई समाजका वरिष्ठ उपाध्यक्ष श्री कृष्णप्रसाद तिमिल्सिनाले स्वागत मन्तव्यसहित स्वागत गर्नुभएको थियो भने महिला उपाध्यक्ष श्रीमती सीता बस्यालले कार्यक्रमको विस्तृत विवरण जानकारी प्रस्तुत गर्नुभएको थियो।

संस्थाको आय–व्यय विवरण कोषाध्यक्ष श्री डिल्लीराज भट्टराईले प्रस्तुत गर्नुभएको थियो भने सांगठनिक प्रतिवेदन महासचिव श्री खुमप्रसाद न्यौपानेले पेश गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाली समाज यूएईका अध्यक्ष श्री राम मोक्तान रहनुभएको थियो। त्यसैगरी नेपाली समाज यूएईका पार्षद अध्यक्ष श्री कमल गिरी, लुम्बिनी प्रदेश समाज यूएईका अध्यक्ष श्री नारायण अधिकारी लगायत लुम्बिनी प्रदेश समाजमा आबद्ध संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो। साथै, विभिन्न संघ–संस्था, पत्रकार, समाजसेवी तथा प्रवासी नेपालीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ विशेष बनाएको थियो।

कार्यक्रममा समाजका अग्रज व्यक्तित्वहरूले समाजका महत्वपूर्ण विषयहरूमा जानकारीमूलक मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यस्तै, यूएईका चर्चित स्थानीय कलाकार निरुता गैर र अर्जुन न्यौपानेको सांस्कृतिक प्रस्तुतिले उपस्थित दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो।

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समर्थन तथा सहभागिता जनाउने सम्पूर्ण महानुभावहरूप्रति पाल्पाली समाज यूएईले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

“प्रवासमा रहेर पनि आफ्नो भाषा, कला, संस्कृति र आपसी सम्बन्धलाई जगेर्ना गर्दै अघि बढ्नु नै हाम्रो साझा अभियान हो” भन्ने सन्देशका साथ सम्पन्न यस कार्यक्रमले यूएईस्थित नेपाली समुदायबीच आपसी एकता, आत्मीयता र सहकार्यको भावना अझ मजबुत बनेको विश्वास लिइएको छ।

पाल्पाली समाज यूएई

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us