“प्रथम पाल्पाली भलिबल कप – २०२६” दुबईमा हुँदै — टिमहरूलाई खुला आमन्त्रण

Pitambar Subedi

20 Jun 2026

/ 7:16 pm

मिति: ०८ जुन, २०२६ | पाल्पाली समाज यूएई | खेलकुद

प्रवासमा रहेका नेपालीहरूबीच आपसी एकता, भाईचारा तथा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यका साथ पाल्पाली समाज यूएईले पहिलो पटक “प्रथम पाल्पाली भलिबल कप – २०२६” आयोजना गर्ने भएको छ।

युएईस्थित नेपाली समुदायलाई खेलमार्फत जोड्ने लक्ष्यसहित आयोजना गर्न लागिएको यस भव्य प्रतियोगिता आगामी ५ जुलाई २०२६, बिहान ८:०० बजेदेखि स्पार्टा स्पोर्ट्स एकेडेमी, अल खवानिज–२, दुबईमा सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टिमहरूले प्रति टिम AED ६५० दर्ता शुल्क तिर्नुपर्नेछ। दर्ता गर्ने अन्तिम मिति ३ जुलाई २०२६, साँझ ७:०० बजेसम्म निर्धारण गरिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ:

🥇 प्रथम स्थान : AED ५,५५५ + मेडल + प्रमाणपत्र
🥈 द्वितीय स्थान : AED ३,१११ + मेडल + प्रमाणपत्र
🏅 सान्त्वना पुरस्कार : AED १,१११ प्रत्येक (२ टिम) + मेडल + प्रमाणपत्र

उत्कृष्ट खेलाडी (१ जना) : AED १०० + मेडल + प्रमाणपत्र
उत्कृष्ट खेलाडी (७ जना) : मेडल + प्रमाणपत्र

📅 मिति : ५ जुलाई २०२६, बिहान ८:०० बजेदेखि
📍 स्थान : स्पार्टा स्पोर्ट्स एकेडेमी, अल खवानिज–२, दुबई
📝 दर्ता अन्तिम : ३ जुलाई २०२६, साँझ ७:०० बजेसम्म
💰 दर्ता शुल्क : AED ६५० प्रति टिम
🏆 आयोजक : पाल्पाली समाज यूएई

थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:

खेलकुद संयोजक : राजेश गैरे — 056 4900920
कार्यक्रम संयोजक : कृष्णप्रसाद तिमिल्सिना — 050 5504515

पाल्पाली समाज यूएईले यस ऐतिहासिक प्रतियोगितामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण नेपाली भलिबल टिमहरू, खेलप्रेमीहरू तथा पाल्पाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरेको छ।

— पाल्पाली समाज यूएई
www.palpalisamaj.org

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us