हार्दिक श्रद्धाञ्जली: दुई उदीयमान व्यक्तित्वको असामयिक निधन

Pitambar Subedi

18 Apr 2026

/ 7:30 am

हार्दिक श्रद्धाञ्जली: दुई उदीयमान व्यक्तित्वको असामयिक निधन

 

अत्यन्त दुःखका साथ सूचित गर्दछौं कि पाल्पाली सेवा समाज दोहा–कतारका पूर्व केन्द्रीय सदस्य, वगनासकाली–१, झिर्भन्न्याङ निवासी ३९ वर्षीय स्वर्गीय शरण भुसाल तथा सोही स्थान निवासी, श्री चन्द्र माध्यमिक विद्यालयका प्राविधिक शिक्षक २९ वर्षीय स्वर्गीय तोयनाथ बस्याल (मदन) को २०८३ वैशाख १ गते कालीगण्डकी नदी, देलातुङमा पौडी खेल्ने क्रममा असामयिक निधन भएको छ।

समाजसेवा र शिक्षा क्षेत्रमा समर्पित यी दुई उदीयमान व्यक्तित्वको असामयिक निधनले पाल्पाली समाज युएई परिवार गहिरो शोकमा डुबेको छ।

दुवै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै, शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी समवेदना व्यक्त गर्दछौं।

— कैलाश अर्याल
अध्यक्ष, पाल्पाली समाज युएई

🕉️ ॐ शान्ति शान्ति शान्ति ॐ 🕉️

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us