पाल्पाली समाज यूएईद्वारा विश्व साइकल यात्री निरञ्जन अर्याललाई विशेष सम्मान

Pitambar Subedi

22 Feb 2026

/ 5:46 pm

पाल्पाली समाज यूएईद्वारा विश्व साइकल यात्री निरञ्जन अर्याललाई विशेष सम्मान

पिताम्बर सुवेदी, २३ फेब्रुवरी २०२६

नेपालका साहसी युवा विश्व साइकल यात्री निरञ्जन अर्याललाई पाल्पाली समाज यूएईले दुबईमा भव्य सम्मान गरेको छ।

जया किचेन रेष्टुरेन्टको सभाहलमा फेब्रुवरी २२ गते आइतबार आयोजित बृहत् भेला तथा भेटघाट कार्यक्रममा समाजका अध्यक्ष कैलाश अर्याल, वरिष्ठ उपाध्यक्ष, संरक्षक संयोजक कृष्णप्रसाद आचार्य, संरक्षक सदस्य वेदप्रसाद अर्याल, सल्लाहकारहरू श्रीधर बस्याल र लोक सुनारीले उहाँको अदम्य साहस, दृढसंकल्प र देशप्रेमको कदर गर्दै सम्मानपत्र प्रदान गर्नुभयो।

विश्व शान्ति, जलवायु सचेतना र वातावरण संरक्षणको सन्देश बोकेर सगरमाथा क्षेत्रबाट सुरु गरिएको ऐतिहासिक साइकल यात्रामा निरञ्जनले हालसम्म थाइल्यान्ड, लाओस, कम्बोडिया, भियतनाम, चीन, मलेसिया, सिंगापुर, भारत, साउदी अरब र कतार गरी १० देश पार गरिसक्नुभएको छ। दैनिक औसत १४० किमी साइकल चलाउँदै आगामी अफ्रिका, दक्षिण अमेरिका हुँदै अन्तिम गन्तव्य अन्टार्कटिका पुग्ने लक्ष्य छ।

समाजका पदाधिकारीहरूले अर्यालको अभियानलाई “नेपालको गौरव” भन्दै सबै नेपाली युवाका लागि प्रेरणाको स्रोत ठहरिएको बताउनुभयो।

नेपाल सानो, नेपालीको सपना विशाल! निरञ्जन अर्यालजस्ता साहसी युवाले विश्व मञ्चमा नेपाल चम्काइरहेका छन्।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us