दुबईमा पाल्पाली समाज यूएईको बृहत् भेला सम्पन्न लामो समयदेखि निरन्तर योगदान पुर्‍याउनेहरूलाई सम्मान

Pitambar Subedi

22 Feb 2026

/ 7:25 pm

दुबईमा पाल्पाली समाज यूएईको बृहत् भेला सम्पन्न
लामो समयदेखि निरन्तर योगदान पुर्‍याउनेहरूलाई सम्मान

पिताम्बर सुवेदी, पाल्पा | २२ फेब्रुअरी, २०२६

पाल्पाली पहिचान र संस्थागत एकतालाई मजबुत बनाउने उद्देश्यले पाल्पाली समाज यूएईले आयोजना गरेको “बृहत् भेला तथा भेटघाट” जया किचेन रेष्टुरेन्टको सभाहलमा भव्य रूपमा सम्पन्न भयो। यूएईका विभिन्न इमिरेट्सबाट सयौं पाल्पालीहरूको उत्साहजनक उपस्थितिले कार्यक्रम जीवन्त बन्यो।

लामो समयसम्म निरन्तर योगदान पुर्‍याउनेहरूलाई सम्मान
लामो समयदेखि समाजप्रति निरन्तर समर्पित भाव र योगदान पुर्‍याइरहनुभएका सदस्यहरूलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरियो। संस्थाको यात्रामा उहाँहरूको अथक प्रयास र मार्गदर्शनले समाजलाई बलियो आधार प्रदान गरेको छ।

मोटिभेसन र सांस्कृतिक रौनक
पत्रकार निमेष गिरिको ‘मोटिभेसन सेसन’ ले प्रवासमा आत्मचेतना र भविष्ययोजना विषयमा प्रेरित गर्‍यो। लोकगायिका निरुता गैरेका लोक भाकाले हल ततायो, सहभागीहरू नाचगानमा रमाए।

औपचारिक सत्र र घोषणाहरू
सचिव तिलराम बस्यालको सञ्चालनमा दीप प्रज्वलन र राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद तिमिल्सिनाले स्वागत गरे। सल्लाहकार विष्णु खनालको पाल्पा-केन्द्रित भिडियोले भावुक बनायो।

सिता बस्यालले ‘Power of Women’ मा महिला सशक्तिकरण जोडिन्। 

समाजका संरक्षक श्री वेदप्रसाद अर्यालज्यूले आजीवन सदस्यताका फाइदा तथा सुविधाबारे उत्कृष्ट र प्रेरणादायी जानकारी प्रदान गर्दै एकताको आह्वान गरे।

आजीवन सदस्यताका फाइदा तथा सुविधाहरू
१. पहिचान तथा सम्मान
– सदस्यता कार्ड: प्रत्येक आजीवन सदस्यलाई आधिकारिक ‘आजीवन सदस्य कार्ड’ प्रदान गरिनेछ।
– अभिलेखमा समावेश: समाजको आधिकारिक वेबसाइट तथा अभिलेखमा नाम समावेश गरिनेछ।
– विशेष निमन्त्रणा: महत्वपूर्ण कार्यक्रमहरूमा सम्मानपूर्वक आमन्त्रण गरिनेछ।

२. नेतृत्व तथा निर्णय प्रक्रियामा सहभागिता
– अवसरको उपलब्धता: कार्यसमिति र उपसमितिहरूमा सहभागी हुने विशेष अवसर।
– नीति निर्माणमा भूमिका: संस्थाको नीति, योजना र सुझाव प्रस्तुत गर्ने अधिकार।
– प्राथमिकता: महत्वपूर्ण निर्णय प्रक्रियामा प्राथमिक सहभागिता।

अनुशासित समापन
फ्लोर ओपन सेसनमा जिज्ञासा सम्बोधन भयो। संरक्षक कृष्ण प्रसाद आचार्यले एकतालाई सबैभन्दा ठूलो पुँजी बताए। अध्यक्षको धन्यवादसँगै तस्बिर र नास्तामा समापन गरियो।

पाल्पाली समाज यूएई को यो भेलाले प्रवासमा पाल्पाली एकताको नयाँ अध्याय थप्यो।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us