पाल्पाली समाज यूएईको आधिकारिक वेबसाइट शुभारम्भको खुसियालीमा मायाको चिनो हस्तान्तरण ।
15 Feb 2026
पाल्पाली समाज यूएईको आधिकारिक वेबसाइट शुभारम्भको खुसियालीमा मायाको चिनो हस्तान्तरण ।
८ फेब्रुवरी २०२६ — पाल्पाली समाज यूएईको आधिकारिक वेबसाइट सफलतापूर्वक शुभारम्भ गरिएको खुसियालीको अवसरमा, लोक तथा दोहोरी गायक तथा पाल्पाली समाज यूएईका शुभचिन्तक बद्री पँगेनी ज्युलाई मायाको चिनो हस्तान्तरण गरिएको छ।
उक्त अवसरमा पाल्पाली समाज यूएईका उपाध्यक्ष राजु बस्याल द्वारा मायाको चिनो प्रदान गरिएको हो।
समाजको आधिकारिक वेबसाइट शुभारम्भसँगै पाल्पाली समाज यूएईका गतिविधि, सूचना, कार्यक्रम तथा समाजसेवाका कार्यहरूलाई एकै डिजिटल प्लेटफर्ममार्फत व्यवस्थित, पारदर्शी र सहज रूपमा सार्वजनिक गर्ने उद्देश्य लिइएको छ।
पाल्पाली समाज यूएईले वेबसाइटमार्फत सदस्यहरूबीच सूचना आदान–प्रदानलाई थप सुदृढ बनाउँदै समाजका सांस्कृतिक तथा सेवामूलक गतिविधिहरूलाई निरन्तर अघि बढाउने विश्वास व्यक्त गरेको छ।
