पाल्पाली समाज यूएईद्वारा गृह जिल्लामा मास्क र साबुन वितरण ।

Kailash Aryal

28 Apr 2020

/ 9:06 am

१६ बैशाख २०७७, मंगलवार । पाल्पाली समाज यूएईद्वारा गृह जिल्लामा मास्क र साबुन वितरण ।

पाल्पा – पाल्पाली समाज यूएईले कोभिड–१९ संक्रमणबाट जोगिन सहयोग पुर्‍याउने उद्देश्यले पाल्पा जिल्लाका नगरपालिका तथा गाउँपालिकाहरूमा मास्क र हात धुने साबुन वितरण गरेको छ।

उक्त सामग्री पाल्पा जिल्लामा रहेका २ वटा नगरपालिका र ८ वटा गाउँपालिकामा जनप्रतिनिधिहरूको उपस्थितिमा हस्तान्तरण गरिएको हो। केही समयअघि नै वितरण गर्ने योजना रहे पनि लकडाउन र प्रतिकूल मौसमका कारण ढिलाइ भएको पाल्पाली समाज क्षेत्रीय समितिका अध्यक्ष तथा राहत वितरण कोष संयोजक कृष्ण प्रसाद तिमिल्सिनाले जानकारी दिए।

पाल्पाली समाजका अनुसार रामपुर नगरपालिकालाई ८०० थान र तानसेन नगरपालिकालाई ७०० थान मास्क वितरण गरिएको छ। यस्तै, निस्दी, पूर्वखोला, रम्भा, माथागढी, तिनाउ र बगनासकाली गाउँपालिकामा प्रत्येकमा २६८ थान साबुन वितरण गरिएको छ।

समाजले विपद् र स्वास्थ्य संकटका बेला गृह जिल्लालाई सहयोग गर्ने आफ्नो अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us