पाल्पाली समाज यूएईद्वारा भव्य वनभोज कार्यक्रम सम्पन्न २५ फेब्रुवरी २०२५
25 Feb 2025
पाल्पाली समाज यूएईद्वारा भव्य वनभोज कार्यक्रम सम्पन्न
यूएई, २५ फेब्रुवरी २०२५ – “एक्काइसौं शताब्दीको आवश्यकता: सीप र ज्ञान” नाराका साथ पाल्पाली समाज यूएईले ७०० भन्दा बढी सहभागीको उपस्थितिमा वनभोज तथा भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्यो।
पाँच बाजा स्वागत र मनोरम पहाडी वातावरणले कार्यक्रमलाई अझ भव्य बनायो।
उत्कृष्ट खानपान व्यवस्थापन – पुरुष–महिला र शाकाहारी–मासुजन्य अलग लाइन।
व्यवस्थित यातायात र टिकट व्यवस्थापन – सहभागीहरूलाई सहज पहुँच।
स्वच्छता र समाजप्रतिको जिम्मेवारी – स्वयंसेवक सक्रिय रूपमा फोहोर व्यवस्थापनमा।

कार्यक्रम संयोजक कृष्ण तिमिल्सिना, व्यवस्थापन महासचिव खुमप्रसाद न्यौपाने र कोषाध्यक्ष डिल्लीराज भट्टराई सहितको टोलीले सम्पूर्ण तयारी सम्हाले। सहभागीहरूले “यूएईमा पहिलोपटक यस्तो व्यवस्थित र सम्मानजनक कार्यक्रम अनुभव गर्यौं” भनेर प्रशंसा गरेका छन्।
