पाल्पाली समाज युएई सन् २०१४ (वि.सं. २०७१) मा स्थापना भएको, संयुक्त अरब इमिरेट्समा रहेका सम्पूर्ण पाल्पालीहरूलाई एउटै छाता संगठन अन्तर्गत आबद्ध गराउने सामाजिक संस्था हो। युएईका विभिन्न क्षेत्रहरूमा कार्यरत तथा बसोबास गरिरहेका पाल्पाली दाजुभाइ तथा दिदीबहिनीहरूबीच एकता, भाइचारा र सहकार्यको भावना विकास गर्दै सामाजिक, सांस्कृतिक, शैक्षिक तथा मानवीय सेवामा सक्रिय योगदान पुर्याउनु यस संस्थाको मुख्य उद्देश्य हो।
समाजले स्थापना कालदेखि नै पाल्पाली समुदायलाई संगठित गर्दै पाल्पाली कला, संस्कृति, पहिचान र गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको छ। संकटमा परेका व्यक्तिहरूलाई सहयोग प्रदान गर्ने, सामूहिक कार्यक्रमहरू आयोजना गर्ने तथा शिक्षा र मानव सेवामा निरन्तर योगदान पुर्याउनु पाल्पाली समाज युएईको प्रमुख कार्यक्षेत्र हो।
पाल्पाली समाज युएई
स्थापना: सन् २०१४ (वि.सं. २०७१)
मुख्यालय: संयुक्त अरब इमिरेट्स (युएई)
परिचय
पाल्पाली समाज युएई सन् २०१४ (वि.सं. २०७१) मा स्थापना भएको, युएईमा रहेका सम्पूर्ण पाल्पालीहरूलाई एउटै छाता संगठन अन्तर्गत आबद्ध गराउने उद्देश्यले स्थापित एक सामाजिक संस्था हो। युएईका विभिन्न क्षेत्रहरूमा कार्यरत वा बसोबास गरिरहेका पाल्पाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई एकत्रित गर्दै आपसी सम्बन्ध सुदृढ बनाउने, सहकार्यलाई मजबुत बनाउने तथा सामाजिक, सांस्कृतिक, शैक्षिक र मानवीय सेवामा योगदान पुर्याउनु यस संस्थाको प्रमुख लक्ष्य हो।
समाजले स्थापना कालदेखि नै युएईभरि रहेका पाल्पाली समुदायलाई संगठित गर्दै पाल्पाली कला, संस्कृति, पहिचान र गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको छ। संकटमा परेका व्यक्तिहरूलाई सहयोग प्रदान गर्ने, सामूहिक कार्यक्रमहरू आयोजना गर्ने तथा शिक्षा र मानव सेवामा योगदान पुर्याउनु यस संस्थाका मुख्य कार्य क्षेत्रहरू हुन्।
उद्देश्यहरू
- युएईभरि छरिएर रहेका सम्पूर्ण पाल्पालीहरूलाई एकै छाता संगठन अन्तर्गत आबद्ध गराउनु।
- पाल्पाली समुदायबीच एकता, भाइचारा र सहयोग संस्कृतिको प्रवर्द्धन गर्नु।
- सामाजिक, सांस्कृतिक, शैक्षिक तथा मानवीय सेवासम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गर्नु।
- आपतकालीन अवस्थामा तात्कालिक सहयोग उपलब्ध गराउने सहयोग संयन्त्र विकास गर्नु।
- पाल्पा जिल्ला तथा समग्र नेपालकै विकासमा सक्दो योगदान पुर्याउनु।
हाम्रो नारा
“एक्काईसौँ शताब्दीको आवश्यकता सीप र ज्ञान,
युएईको माटो सुहाउँदो पाल्पालीहरूको अभियान”
स्थापना कालका सदस्य
(२०२४–२०२६ कार्यकाल)
पदाधिकारीहरू
अध्यक्ष: खुमबहादुर आले मगर
वरिष्ठ उपाध्यक्ष: राजु सिंजाली मगर
उपाध्यक्ष: बिकाश सिंजाली मगर
महिला उपाध्यक्ष: ओमकुमारी खाँण
महासचिव: वेद प्रसाद अर्याल
सचिव: धनबहादुर क्षेत्री
कोषाध्यक्ष: कैलाश अर्याल
सह–कोषाध्यक्ष: माधव प्रसाद गैरे
प्रवक्ता: युवराज भट्टराई
कार्यसमिति सदस्यहरू
- माधव पौडेल
- मैयाँ बस्याल
- रमेश सापकोटा
- गोपी अधिकारी
- खगेश्वर पाल्पाली
- स्वर्गीय दीपक बस्याल (अजमान संयोजक)
- टीका बहादुर घर्ती (अबुधाबी संयोजक)
- अमित विक (फुजेरा संयोजक)
- कपिल अर्याल (रास अल खैमाह संयोजक)
- कुम सारू मगर
- कुल बहादुर क्षेत्री
- हिरा कुमाल
- कल्पना बस्याल
- श्याम गन्धर्व
पाल्पाली समाज युएई — पाल्पाली एकता, पहिचान र सेवाको साझा अभियान
Vision Statement
- To build a united and inclusive Palpali community based on mutual respect and cooperation
- To preserve, promote, and pass on Palpali culture, traditions, language, and heritage to future generations
- To empower members socially, educationally, and economically
- To create a strong support network for Palpalis living in Nepal and abroad
- To contribute positively to social development and community welfare
Mission Statement
- Promote social unity and mutual support among all Palpali people, both in Nepal and around the world.
- Preserve and celebrate Palpali culture, traditions, language, and heritage through events, programs, and educational activities.
- Support education, career development, and welfare of members and their families, especially youth and disadvantaged groups.
- Facilitate community networking and collaboration with local institutions, civil society, and diaspora chapters to create opportunities for growth.
- Encourage service and philanthropy, including scholarships, relief efforts, and community development projects.
पाल्पाली समाजले समुदायको दिगो विकास सुनिश्चित गर्न मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन, स्वास्थ्य सेवा तथा जनचेतना, महिला सशक्तिकरण तथा क्षमता विकास, र सामाजिक सहयोग तथा कल्याणकारी कार्यक्रमहरूलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाउँदै आएको छ। यी कार्यक्रमहरू समुदायमा समावेशी विकास, सामाजिक उत्तरदायित्व र दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिन्छ।
