पाल्पाली समाज युएईद्वारा राजु आचार्यलाई धन्यवाद ज्ञापन
19 Jul 2026
पाल्पाली समाज युएईद्वारा राजु आचार्यलाई धन्यवाद ज्ञापन
दुबई — युएईको पहिलो नेपाली सुपरमार्केट ‘माउन्ट एभरेस्ट सुपरमार्केट’ का सञ्चालक तथा नेपाली समुदायप्रति निरन्तर माया, सहयोग र योगदान पुर्याउँदै आउनु भएका आदरणीय राजु आचार्यज्यूलाई पाल्पाली समाज युएई परिवारले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
पाल्पाली समाज युएईद्वारा आयोजित ‘प्रथम पाल्पाली भलिबल कप–२०२६’ कार्यक्रमको सफल आयोजनामा उहाँले पुर्याउनुभएको आर्थिक, भौतिक तथा नैतिक सहयोगप्रति समाजले विशेष कृतज्ञता व्यक्त गरेको छ। उहाँको साथ, सहयोग र निरन्तर प्रोत्साहनले उक्त कार्यक्रमलाई अझ व्यवस्थित, प्रभावकारी र स्मरणीय बनाउन महत्वपूर्ण भूमिका खेलेको समाजले जनाएको छ।
विदेशी भूमिमा रहँदा पनि नेपालीपन, स्वाद, संस्कार र पहिचानसँग जोडिने अनुभूति विशेष महत्वको विषय हो। नेपालमै उत्पादन भएका अर्गानिक तरकारी, गेडागुडी, खाद्यान्न तथा परम्परागत सामग्रीहरूको प्रयोगले स्वादसँगै मातृभूमिसँगको आत्मीय सम्बन्धलाई जीवन्त राख्ने विश्वास समाजले व्यक्त गरेको छ। यस्ता अभ्यासहरूले नेपाली मौलिकता संरक्षण गर्नुका साथै स्वदेशी उत्पादनप्रति आस्था र अपनत्व अझ सुदृढ बनाउने उल्लेख गरिएको छ।
समाजले जहाँ रहे पनि आफ्नै माटोको गन्ध, स्वाद र पहिचान जोगाइराख्ने प्रयासलाई मातृभूमिप्रतिको माया, सम्मान र योगदानको रूपमा लिएको छ।
पाल्पाली समाज युएईले आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सहकार्यको अपेक्षा गर्दै पुनः धन्यवाद व्यक्त गरेको छ।
