पाल्पाली बृहत भेला  – युएई

Kailash Aryal

15 Feb 2026

/ 3:00PM

पाल्पाली बृहत भेला  – युएई

पाल्पाली समाज युएईको आयोजनामा युएईमा अवस्थित सम्पूर्ण पाल्पाली दाजुभाइ तथा दिदीबहिनीहरूबीच आपसी भेटघाट, चिनजान र संगठन विस्तार गर्ने उद्देश्यसहित पाल्पाली बृहत भेला  आयोजना गर्न लागिएको जानकारी गराउन चाहन्छौँ।

यस विशेष भेलामा सहभागी भई सम्पूर्ण पाल्पाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई समाजमा आबद्ध गराउने र नयाँ सदस्य परिचय गराउने अवसर प्रदान गरिनेछ।

कार्यक्रम विवरण:

मिति: २२ फेब्रुवरी २०२६

समय: दिनको ठिक ३:०० बजे

स्थान: जय किचन (पुरानो बलिउड) रेस्टुरेन्ट – सभा हल

विशेष अनुरोध:

ग्रुपमा आबद्ध प्रत्येक सदस्यले कम्तीमा ५ जना नयाँ पाल्पालीहरूलाई सहभागी गराउनुहुन।

कार्यक्रमको पोस्टर र सूचना आफ्ना सामाजिक सञ्जालमा सेयर गरी धेरैभन्दा धेरै पाल्पालीहरूसम्म पुर्‍याउन आह्वान गर्दछौँ।

उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण पाल्पालीहरूमा हार्दिक अनुरोध गर्दछौँ।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us