रामपुर नगरपालिका-सूचना पाटी (Notice Board)
11 Jan 2026
रामपुर नगरपालिका
पाल्पा | २०२५
पाल्पाली समाज युएईले रामपुर नगरपालिकामा सूचना पाटी स्थापना गरेको छ। यस पाटीले युएईमा रहेका पाल्पालीहरूलाई गृहजिल्लासँग प्रत्यक्ष सम्पर्क राख्न सजिलो बनाउनेछ।
वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका पाल्पालीहरूको साझा संस्था “पाल्पाली समाज यूएई” ले गृहजिल्ला पाल्पामा एक ऐतिहासिक र सेवामुखी कार्य सम्पन्न गरेको छ। पाल्पाका १० वटै स्थानीय तहमा रहेका नागरिकहरूलाई युएईमा रहेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूसँग सम्पर्क सहज बनाउन समाजले “सूचना पाटी” (Notice Board) स्थापना गरेको छ।
पाल्पा जिल्लाका २ नगरपालिका र ८ गाउँपालिका सहित जिल्ला प्रशासन कार्यालयहरूमा सम्पर्क व्यक्तिको विवरण सहितका सूचना पाटीहरू जडान गरिएका छन।
मुख्य उद्देश्य
आधिकारिक सम्पर्क स्रोत उपलब्ध गराउने।
विदेशमा समस्यामा परेका पाल्पाली र परिवारलाई मार्गदर्शन।
वैदेशिक रोजगारी सम्बन्धी सही जानकारी गाउँ–गाउँसम्म पुर्याउने।
प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो जिल्ला र स्थानीय सरकारसँग जोड्ने।
समाजको अपिल
विदेशमा समस्या पर्दा एक्लो महसुस नगर्नुहोस्। यो अभियान सम्पूर्ण पाल्पालीहरूको हित र सहायताका लागि गरिएको दूरदर्शी कदम हो र सहयोगका लागि समाज सदैव तत्पर रहने छ।
