पाल्पाली समाज युएईद्वारा आयोजित तिज विशेष बोट कार्यक्रम अपेक्षाभन्दा धेरैको सहभागितासहित १० सेप्टेम्बर २०२३ का दिन भव्य रूपमा सम्पन्न भएको छ।

Kailash Aryal

10 Sep, 2023

/ 5:28 pm

एक्काइसौँ शताब्दीको आवश्यकता : सीप र ज्ञान युएईको माटो सुहाउँदो पाल्पालीहरूको अभियान

पाल्पाली समाज युएईद्वारा आयोजित तिज विशेष बोट कार्यक्रम अपेक्षाभन्दा धेरैको सहभागितासहित १० सेप्टेम्बर २०२३ का दिन भव्य रूपमा सम्पन्न भएको छ।

महिलाहरूको महान् चाड हरितालिका तिज को अवसर पारेर, विशेषगरी युएईमा बसोबास गर्ने नेपाली महिलाहरूलाई लक्षित गर्दै पाल्पाली समाज युएईले बोटमा तिज विशेष कार्यक्रम आयोजना गरेको थियो। करिब ५१० जनाको क्षमतामा तयारी गरिएको कार्यक्रम मा झन्डै ६५० जना महिला तथा पुरुषको उल्लेखनीय उपस्थिति रहँदा कार्यक्रम व्यवस्थापनमा केही चुनौती आए पनि कार्यक्रम अत्यन्तै उत्साहपूर्ण वातावरणमा सम्पन्न भयो।

युएईमा दर्जनौँ सामाजिक संस्थाहरू क्रियाशील रहँदा पनि “पाल्पाली समाज युएईले केही फरक गर्छ” भन्ने विश्वास स्थापित गर्न समाज सफल भएको देखिन्छ। युएईमा रहेका नेपालीहरूको मन जित्न पाल्पाली समाज युएई कहिल्यै पछि नपर्ने प्रतिबद्धता यस कार्यक्रमले पुनः पुष्टि गरेको छ।

परम्पराको निरन्तरता र व्यवस्थापन

पाल्पाली समाज युएईले विगतका वर्षहरूदेखि नै हरितालिका तिजको अवसरमा महिलाहरूलाई निःशुल्क दर खुवाउने तथा मायाको पाल्पाली चिनो उपहार दिने परम्परा निरन्तरता दिँदै आएको सर्वविदित छ। यस वर्ष भने कार्यक्रम बोटमा आयोजना गरिएकाले खर्चिलो भएको कारण महिलाहरूका लागि ५०% छुटसहित २५ दिरामपुरुषहरूका लागि ५० दिराम को कुपन व्यवस्था गरिएको थियो।

औपचारिक कार्यक्रम

छोटो तर प्रभावकारी औपचारिक कार्यक्रमको सभापतित्व पाल्पाली समाज युएईकी अध्यक्ष श्रीमती ओम कुमारी खाँणज्यू ले गर्नुभएको थियो।
प्रमुख अतिथिका रूपमा नेपाली समाज युएईका अध्यक्ष श्री बेदप्रसाद अर्यालज्यूलाई निमन्त्रणा गरिए पनि, उहाँ अर्को बोटको नेतृत्वमा रहनु भएकाले युएईस्थित नेपाली समुदायका अभिभावक श्री चन्द्रप्रसाद सापकोटाज्यू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

विशेष अतिथिहरूमा

  • श्री एकेन्द्र थापा ज्यू (नमस्ते ट्राभल्स एन्ड टुरिजमका सञ्चालक तथा नेपाल बिजनेस काउन्सिल युएईका कोषाध्यक्ष)

  • श्री केदार कुँवर ज्यू (महासचिव, नेपाली समाज युएई)

  • श्रीमती अस्मिता सुबेदी ज्यू (कन्ट्री म्यानेजर, नेपाल एयरलाइन्स)

  • श्री माधव न्यौपाने ज्यू (सचिव, नेपाल पत्रकार महासंघ)

  • श्री विष्णु गैरे ज्यू (प्रवक्ता, स्याङ्जा सहयोग समाज युएई)

  • श्री शैलेन्द्र बराल ज्यू (नेपाल न्युज हाउस)

  • पाल्पाली समाज युएईका संरक्षक, उप–संरक्षक, सल्लाहकार तथा पदाधिकारीज्यूहरू

उपस्थित अतिथिहरूलाई स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष श्री कैलाश अर्यालज्यू ले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव श्री खुमप्रसाद न्यौपानेज्यू ले गर्नुभएको थियो।

महिलाहरूको सम्मान र सांस्कृतिक उल्लास

कार्यक्रममा सहभागी महिलाहरूलाई खादा, पीपलको पातमा अतिथि तथा मान्यजनहरूबाट मायाको चिनो प्रदान गर्दै विशेष सम्मान गरिएको थियो। विशेष परिकारसहितको खानाप्रति महिलाहरू अत्यन्तै खुसी देखिन्थे र कार्यक्रमको सुरुवातदेखि अन्त्यसम्म नृत्य र गीतमार्फत तिजको उल्लासपूर्ण माहोल सिर्जना भएको थियो।

दुई बोटको व्यवस्था

अपेक्षाभन्दा बढी उपस्थिति र युएईका सम्बन्धित निकायको मापदण्डअनुसार बोटको क्षमता घटाइएकाले व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो। सोही कारण तत्काल अर्को बोटको व्यवस्था गरी दुईवटा बोट सञ्चालन गरिएको थियो।

दोस्रो बोटको नेतृत्व समाजका प्रमुख सल्लाहकार तथा पूर्व अध्यक्ष श्री बेदप्रसाद अर्यालज्यू ले गर्नुभएको थियो। उहाँसँगै उपाध्यक्ष झपेन्द्र आचार्यज्यू, उपाध्यक्ष तथा स्वयंसेवक श्री खगेश्वर बोटे ज्यू, तथा सक्रिय सदस्य श्री पिताम्बर सुबेदीज्यू ले उपस्थित सबैलाई रमाइलो र सुरक्षित वातावरण प्रदान गर्न महत्वपूर्ण भूमिका निभाउनुभएको थियो।

अन्तिम शब्द

कार्यक्रमका क्रममा जान–अञ्जान कुनै त्रुटि हुन गएको भए क्षमायाचना गर्दै, यसैगरी आगामी दिनहरूमा पनि यहाँहरूको माया, ममता, साथ र सहयोग निरन्तर प्राप्त हुने अपेक्षा पाल्पाली समाज युएईले गरेको छ।

सह–धन्यवाद सहित,
पाल्पाली समाज युएई परिवार

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us