तीज विशेष सांस्कृतिक कार्यक्रम २७ जुलाई २०२५
13 Dec 2025
तीज विशेष सांस्कृतिक कार्यक्रम २०२५
सफल आयोजनाका लागि हार्दिक धन्यवाद
प्रिय सम्पूर्ण सहभागी, अतिथि, कलाकार, प्रायोजक तथा सहयोगी महानुभावहरू, गत २७ जुलाई २०२५ का दिन पाल्पाली समाज युएईको आयोजनामा सम्पन्न “तीज विशेष सांस्कृतिक कार्यक्रम २०२५” लाई भव्य तथा सफल रूपमा सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति पाल्पाली समाज युएई हार्दिक कृतज्ञता व्यक्त गर्दछ। तपाईंहरूको उत्साहजनक सहभागिता, सकारात्मक ऊर्जा तथा अमूल्य सहयोगका कारण कार्यक्रम अत्यन्तै सभ्य, अनुशासित र अविस्मरणीय बन्न सफल भएको छ। विशेष अतिथिहरूप्रति आभार कार्यक्रमको शोभा अभिवृद्धि गर्नुहुने
प्रमुख अतिथि: उप–महावाणिज्यदूत श्री कृष्णप्रसाद चापागाईं ज्यू,
विशिष्ट अतिथि: उपनियोग प्रमुख श्रीमती रन्जिता दाहाल ज्यू,
तथा नेपालबाट आमन्त्रित लोकप्रिय कलाकारहरू नवीन पौडेल ज्यू र सुशिला गौतम ज्यूलगायत कार्यक्रममा उपस्थित सम्पूर्ण विशिष्ट व्यक्तित्वहरूप्रति पाल्पाली समाज युएई विशेष सम्मानसहित हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
प्रायोजक एवं सहयोगीहरूप्रति विशेष कृतज्ञता कार्यक्रमलाई सफल बनाउन आर्थिक तथा नैतिक सहयोग प्रदान गर्नुहुने सम्पूर्ण प्रायोजक तथा सहयोगी संस्थाहरूप्रति हामी गहिरो आभार व्यक्त गर्दछौं।
मुख्य प्रायोजक: ब्लुडट चार्टर एण्ड एयर एम्बुलेन्स परिवार
को–स्पोन्सर: लीलाक HR कन्सल्टेन्सी परिवार
गोल्ड स्पोन्सर: डाबर परिवार
सिल्भर स्पोन्सर: नमस्ते टाइपिङ सेन्टर परिवार
तपाईंहरूको सहयोगबिनाः यो कार्यक्रम यस स्तरमा सम्पन्न हुनु सम्भव हुने थिएन। सांस्कृतिक पहिचान र परम्पराको संरक्षण यस कार्यक्रममार्फत पाल्पाली समाज युएईले आफ्नो मौलिक पहिचान, संस्कृति र परम्परालाई सम्मानपूर्वक प्रस्तुत गर्दै विशेष अतिथिहरूलाई पाल्पाली ढाका टोपी, पाल्पाली खादा तथा करुवा जस्ता सांस्कृतिक मायाको चिनो प्रदान गरेको थियो। साथै, अधिकांश सहभागीहरू पाल्पाली तथा नेपाली परम्परागत पहिरनमा सजिएर उपस्थित हुनुले हाम्रो सांस्कृतिक एकता, सद्भाव र पहिचानलाई थप सशक्त बनाएको छ, जुन हाम्रो लागि गर्वको विषय हो।
आयोजक टिमप्रति विशेष धन्यवाद
कार्यक्रमलाई सफल बनाउन निरन्तर परिश्रम गर्नुहुने पाल्पाली समाज युएईका सम्पूर्ण पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, स्वयंसेवक तथा आयोजक टिमप्रति हामी विशेष धन्यवाद व्यक्त गर्दछौं। कार्यक्रम सञ्चालनका क्रममा कुनै त्रुटि, असहजता वा कमीकमजोरी भएको भए त्यसप्रति हामी क्षमाप्रार्थी छौं। तपाईंहरूको निरन्तर साथ, विश्वास र सहयोगले पाल्पाली समाज युएईलाई भविष्यमा अझ सशक्त, संगठित र प्रभावकारी बनाउने विश्वास लिएका छौं।
फेरि एकपटक सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद।
भवदीय, पाल्पाली समाज युएई
