यूएईमा निधन हुनुभएका लक्ष्मण गाहा ज्युको पार्थिव शरीर नेपाल पठाइएको सम्बन्धी अभिलेख

Kailash Aryal

13 Dec 2025

/ 8:08 pm

अभिलेख सूचना

 यूएईमा निधन हुनुभएका लक्ष्मण गाहा ज्युको पार्थिव शरीर नेपाल पठाइएको सम्बन्धी अभिलेख

रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत पाल्पा जिल्ला, रामपुर नगरपालिका वडा नं. १ निवासी लक्ष्मण गाहा ज्यु को हृदयघातका कारण निधन भएको घटनापछि उहाँको पार्थिव शरीर नेपाल फिर्ता पठाउने प्रक्रिया सम्पन्न गरिएको थियो।

नेपाली दूतावास, यूएई, नेपाली समाज यूएई, पाल्पाली समाज यूएई तथा उहाँ कार्यरत कम्पनीका नेपाली सहकर्मीहरूबीच समन्वय गरी आवश्यक सम्पूर्ण कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरिएको थियो। सो क्रममा लाग्ने सम्पूर्ण खर्च उहाँ कार्यरत कम्पनीद्वारा बेहोरीएको थियो।
सोही अनुसार मिति २० जुन २०२५ मा, एयर अरेबियाको उडानमार्फत लक्ष्मण गाहा ज्युको पार्थिव शरीर नेपाल पठाइएको अभिलेखमा राखिएको छ

उक्त मानवीय कार्यमा अमूल्य सहयोग, समन्वय तथा प्रवासी श्रमिकहरूको समस्याको सहजीकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने आदरणीय वेदप्रसाद अर्याल ज्युप्रति पाल्पाली समाज यूएई कृतज्ञता व्यक्त गर्दछ।
यस सूचना अभिलेख प्रयोजनका लागि प्रकाशित गरिएको हो।
पाल्पाली समाज यूएई
लक्ष्मण गाहा

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us