पाल्पाली समाज यूएईद्वारा आमा लक्ष्मी भट्टराईलाई विशेष सम्मान

Pitambar Subedi

22 Feb 2026

/ 5:25 pm

पाल्पाली समाज यूएईद्वारा आमा लक्ष्मी भट्टराईलाई विशेष सम्मान

पाल्पा, फागुन १० ।

नेपालबाट यूएई भ्रमणमा रहनुभएकी आमा श्रीमती लक्ष्मी भट्टराईलाई पाल्पाली समाज यूएईले विशेष सम्मान गरेको छ। समाजले आयोजना गरेको पाल्पाली बृहत् भेलाको अवसरमा उहाँलाई नेपाली परम्पर अनुसार दोसल्ला ओढाएर सम्मान गरिएको हो।

कार्यक्रमका क्रममा पाल्पाली समाज यूएईका संरक्षक संयोजक कृष्ण प्रसाद आचार्य, संरक्षक बेद प्रसाद अर्याल, सल्लाहकारहरू वरुण खनाल र श्रीधर बस्याल तथा वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद तिमल्सिनाले संयुक्त रूपमा आमा भट्टराईलाई सम्मान गर्नुभएको थियो।

समाजका पदाधिकारीहरूले आमा भट्टराईको समाजप्रतिको आत्मीयता, मातृभाव, र नेपाली समुदायप्रतिको प्रेरणादायी उपस्थितिको प्रशंसा गर्दै शुभकामना व्यक्त गरे। उक्त अवसरमा यूएईमा रहेका पाल्पालीहरूबीच भेटघाट, सांस्कृतिक कार्यक्रम, र अन्तर्क्रिया समेत सम्पन्न भएको समाजले जनाएको छ।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us