पाल्पाली समाज युएईद्वारा डिजिटल रूपान्तरणसँगै छिमेकी जिल्लालाई ब्रान्डेड गिफ्ट सामग्री हस्तान्तरण ।

Kailash Aryal

04 Feb 2026

/ 5:59 pm

पाल्पा , नेपाल।।  पाल्पाली समाज यूएईद्वारा डिजिटल रूपान्तरणसँगै छिमेकी जिल्लालाई ब्रान्डेड गिफ्ट सामग्री हस्तान्तरण ।

पाल्पाली समाज यूएईले डिजिटल रूपान्तरणको अभियानसँगै आफ्ना छिमेकी जिल्लाहरू तथा सम्बन्धित संस्थाहरूलाई ब्रान्डेड गिफ्ट सामग्री हस्तान्तरण गरेको छ।
फेब्रुअरी १, २०२६ का दिन आयोजित कार्यक्रममा, जनवरी २५, २०२५ मा उपस्थित हुन नसकेका छिमेकी जिल्लाका प्रतिनिधिहरूलाई विशेष रूपमा आमन्त्रण गरी कार्यसमिति सहित जिल्लागत संस्थाहरू, एनआरएनए एनसीसी, रोल्पाली समाज यूएई, साथै नेपाली दूतावास अबुधाबी र नेपाल सरकार, नेपाली महावाणिज्यदूतावास दुबईलाई पनि गिफ्ट सामग्री प्रदान गरिएको हो।

उक्त अवसरमा पाल्पाली समाज युएई केन्द्रीय समितिलाई थप हौसला स्वरूप ब्रान्डेड सामग्री हस्तान्तरण गरिएको समाजले जनाएको छ।
गिफ्ट प्राप्त गर्ने छिमेकी जिल्लाका प्रतिनिधिहरूमा गुल्मी सेवा समाज युएईका अध्यक्ष जीवन सिंह ठकुरी, अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष जेपी पोख्रेल, रुपन्देही सेवा समाजका अध्यक्ष अमित लोहनी, स्याङ्जा समाज यूएईका अध्यक्ष रेशम खनाल, कपिलवस्तु परिषद् युएईका प्रतिनिधि तथा रोल्पाली समाज यूएईका प्रतिनिधि रहेका थिए।

त्यसैगरी एनआरएनए एनसीसी अध्यक्ष भीम मल्ल ठकुरीलाई पनि ब्रान्डेड गिफ्ट सामग्री हस्तान्तरण गरिएको थियो।
साथै वरिष्ठ लोकगायक नारायण रायमाझी ज्यू तथा पाल्पाली समाज यूएईका नेपाल प्रतिनिधि धनु क्षत्रीलाई सम्झँदै, उहाँहरूका लागि गिफ्ट सामग्री छिट्टै नेपाल पठाइने समाजले जानकारी गराएको छ।

गिफ्ट सामग्री हस्तान्तरण कार्यक्रममा पाल्पाली समाज यूएईका संरक्षक कृष्णप्रसाद आचार्य, खुमबहादुर आले, बेदप्रसाद अर्याल तथा अध्यक्ष कैलाश अर्यालले गिफ्ट प्रदान गरेका थिए।

 

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us