दोस्रो राष्ट्रिय बिच भलिबल प्रतियोगिता (पुरुष) २०८० मा योगदानको कदर स्वरूप प्रशंसा।

Kailash Aryal

13 Jan 2024

/ 3:50 pm

दोस्रो राष्ट्रिय बिच भलिबल प्रतियोगिता (पुरुष) २०८०

स्थान: रानिमल, तानसेन, पाल्पा


सञ्जय मेमोरियल फाउण्डेशनको आयोजनामा तथा जिल्ला भलिबल संघ, पाल्पाको सह–आयोजनामा तानसेनको ऐतिहासिक स्थल रानिमलाको प्राङ्गणमा मिति २०८०/०९/२८ देखि ३० गतेसम्म सञ्चालन गरिएको दोस्रो राष्ट्रिय बिच भलिबल प्रतियोगिता (पुरुष) २०८० सफलतापूर्वक सम्पन्न भएको थियो।

उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि पाल्पाली समाज यूएई द्वारा प्रदान गरिएको सहयोग, योगदान र सहकार्यको उच्च मूल्यांकन गर्दै आयोजक पक्षबाट सह–धन्यवादसहित प्रशंसा पत्र प्रदान गरिएको छ।

कार्यक्रममा वीर बहादुर राना, माननीय प्रदेश सभा सदस्य, लुम्बिनी प्रदेश प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।


chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us