डिजिटल रूपान्तरण: पाल्पाली समाज यूएईको आधिकारिक वेबसाइट लन्च – अध्यक्षको धन्यवाद मन्तब्य | २५ जनवरी २०२६
26 Jan 2026
पाल्पाली समाज यूएई ,डिजिटल रूपान्तरण: आधिकारिक वेबसाइट लन्च – २५ जनवरी २०२६
पाल्पाली समाज युएई सन् २०१४ (वि.सं. २०७१) मा स्थापना भई युएईमा रहेका पाल्पालीहरूलाई एकताबद्ध गर्दै मानविय सेवा, शिक्षा, आपतकालीन सहयोग तथा विभिन्न सामाजिक गतिविधिहरूमा निरन्तर सक्रिय रहँदै आएको एक अग्रणी सामाजिक संस्था हो।

पाल्पाली समाज यूएई – डिजिटल रूपान्तरण: आधिकारिक वेबसाइट लन्च २५ जनवरी २०२६
अध्यक्षको धन्यवाद मन्तब्य ।

यस महत्वपूर्ण अवसरमा पाल्पाली समाज यूएईको डिजिटल रूपान्तरण (वेबसाइट लन्च) कार्यक्रममा उपस्थित भई हामीलाई सम्मान, हौसला र उत्साह प्रदान गर्नु भएका सबै अतिथि महानुभावहरू प्रति हाम्रो हार्दिक आभार व्यक्त गर्दछौं।
विशेष गरी:
कार्यक्रमका प्रमुख अतिथि: श्री कुञ्जन साहज्यू (वाणिज्यदूत, नेपाली महावाणिज्यदूतावास, दुबई)
नेपाली समाज युएईका अध्यक्ष: श्री राम मोक्तानज्यू
बिजनेस काउन्सिल कोषाध्यक्ष तथा नमस्ते ट्राभल्स एण्ड टुरिजमका सञ्चालक: श्री एकेन्द्र थापाज्यू
पाल्पाली समाज युएईका संरक्षक वर्ग, सल्लाहकार वर्ग, पत्रकार , जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरू, पत्रकार तथा सञ्चारकर्मीहरू,
कार्यक्रमलाई अझ रंगीन बनाइदिनु हुने कलाकार: श्रीमती निरुता गैरेज्यू
समाजको तर्फबाट हार्दिक धन्यवाद प्रकट गर्दछौं।
यस अवसरको सफलतामा वेबसाइट डेभलपमेन्ट टिम र कार्यसमितिका सबै सदस्यहरूको अथक परिश्रम र योगदान अत्यन्त महत्वपूर्ण रहेको छ। पर्दा पछाडि रहेर निरन्तर रूपमा परियोजना सफल बनाउन सहयोग गर्नु हुने सबै टिम सदस्यहरूप्रति हाम्रो विशेष आभार व्यक्त गर्दछौं।
पाल्पाली समाज यूएईले यो डिजिटल रूपान्तरणको उपलब्धि तपाईंहरूको सक्रिय सहभागिता, सहयोग र सकारात्मक ऊर्जा बिना सम्भव पार्न सक्दैनथ्यो। हामी सबै मिलेर यस अभियानलाई अझ सफल र सार्थक बनाउने दिशामा निरन्तर अघि बढ्नेछौँ।
समाज स्थापना भएदेखि नै “सेवा, सहकार्य र सद्भाव” लाई मूल आधार मानेर अघि बढ्दै आएको पाल्पाली समाज यूएईले समयको आवश्यकता अनुसार आफूलाई परिमार्जन गर्दै डिजिटल युगतर्फ प्रवेश गरेको छ। यही क्रममा २५ जनवरी २०२६ का दिन समाजको आधिकारिक वेबसाइट शुभारम्भ गरी हामीले डिजिटल रूपान्तरणको एउटा महत्वपूर्ण चरण पूरा गरेका छौँ।
आजको डिजिटल युगमा सूचना, पारदर्शिता र पहुँच अत्यन्त आवश्यक भएकोले यस वेबसाइटमार्फत समाजका गतिविधि, योजना, प्रतिवेदन, सदस्यता प्रक्रिया तथा भावी कार्यक्रमहरूको जानकारी सबैसम्म सहज रूपमा पुर्याउने हाम्रो लक्ष्य रहेको छ। यो वेबसाइट केवल सूचना आदान–प्रदानको माध्यम मात्र नभई पाल्पाली समाज युएईको पहिचान, विश्वास र प्रतिबद्धताको प्रतिबिम्ब पनि हो।
“पाल्पाली समाज नाम मात्र होइन, एउटा ब्राण्ड हो” भन्ने सोचलाई व्यवहारमा उतार्दै, हामी समाजलाई अझ सशक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा निरन्तर अग्रसर छौँ। यस यात्रामा संरक्षक वर्ग, सल्लाहकारहरू, कार्यसमिति, सदस्यहरू तथा सम्पूर्ण शुभेच्छुकहरूको साथ, सहयोग र सुझाव नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।
आगामी दिनहरूमा पाल्पाली समाज युएईद्वारा आजीवन सदस्यतासम्बन्धी नयाँ योजना, प्रक्रिया तथा आवश्यक साधनहरू सार्वजनिक गरिनेछ। यस अभियानलाई सफल बनाउन युएईमा रहेका सम्पूर्ण पाल्पाली दाजुभाइ तथा दिदीबहिनीहरूको सक्रिय सहभागिता र सहकार्यको हार्दिक अपेक्षा गर्दछु।
आउनुहोस्, हामी सबै मिलेर पाल्पाली समाज यूएईलाई अझ मजबुत, प्रभावकारी र उदाहरणीय संस्थाको रूपमा अघि बढाऔँ।
धन्यवाद।
कैलाश अर्याल
अध्यक्ष
पाल्पाली समाज यूएई
