सारदा भट्टराई (राजु )
सल्लाहाकारवर्तमान ठेगाना: दुबई
पाल्पाली समाजप्रति मेरो हार्दिक शुभकामना तथा न्यानो अभिवादन व्यक्त गर्दछु । हाम्रो यूएईस्थित पाल्पाली समाजले विगत १४–१५ वर्षदेखि निरन्तर रूपमा समाजसेवा, एकता र सकारात्मक गतिविधिहरूमार्फत पुर्याउँदै आएको योगदानप्रति हामी अत्यन्त खुशी र गर्वित छौँ ।
समाज तथा समाजसेवी दाजुभाई तथा दिदीबहिनीहरू यसरी नै एकजुट भई अघि बढ्दै, अझ धेरै प्रगति र उन्नति हासिल गर्नुहोस् भन्ने मेरो हार्दिक कामना छ ।
आगामी दिनहरूमा पनि यस्ता प्रशंसनीय र सकारात्मक कार्यहरू निरन्तर भइरहून् भन्ने आशा व्यक्त गर्दै, पाल्पाली समाजको उज्ज्वल भविष्यको कामना गर्दछु।
