माधव प्रसाद गैरे
सल्लाहाकारवर्तमान ठेगाना: दुबई
नमस्कार ।
म माधव प्रसाद गैरे
पाल्पाली समाज युएई सल्लाहकार ।
पाल्पा र पाल्पालीको समुचित विकास र दुखमा निकासका लागि संयुक्त अरव इमिरेट्स मा काम गर्ने पाल्पाली जसले हरेक पल आफ्ना पाल्पालीको दुर्दशा पीडा अनि अलपत्र हुन बाट बचाउने उदेश्य सहित जन्माईएको विशुद्ध नाफारहित, सामाजिक संस्था “पाल्पाली समाज युएई ” हो ।
जनस्तरमा युवालाई प्रदेशको तातो घाममा दुख नपरूस् भन्ने अभिप्राय सहित पाल्पाको दशवटा पालिकामा आफ्नो जानकारी उद्देश्य स्पष्ट खाका सहित पाल्पाको शिक्षा स्वास्थ्य क्षेत्रमा लगानी गरिरहेको यो सामाजिकसंस्थाले अहिलेसम्म जिल्लामा धेरै काम गरिसकेको जानकारी तपाईं सबैलाई विधितै छ।
यस मानेमा हजुर पाल्पा बासी जो कोही आउनुपर्दा संस्थालाई सम्झनु त्यहाँका बारेमा केही जानकारी लिनु, अनि उहाँ पुगेपछि संस्थामा अनुबन्ध भै सामाजिक कार्यमा सामेल हुदै थोपाथोपा हुदै पुर्ण घट्टा बनाउन हातेमालो गर्न अनुरोध सहित पाल्पाका हरेक व्याक्तित्व यसको सदस्य अनिवार्य हुन अनुरोध समेत गर्दछु ।
