बेद प्रसाद अर्याल
संरक्षक सदस्यवर्तमान ठेगाना: दुबई
म बेद प्रसाद अर्याल, पाल्पाली समाज यूएईको संरक्षक सदस्यका रूपमा यूएईस्थित नेपाली समुदायको सेवा, संरक्षण र सशक्तीकरणका लागि निरन्तर क्रियाशील छु। सामाजिक सेवा, संस्थागत नेतृत्व र समन्वयमार्फत समुदायमा सकारात्मक र दिगो परिवर्तन ल्याउने उद्देश्यका साथ लामो समयदेखि विभिन्न जिम्मेवारीहरू निर्वाह गर्दै आएको छु।
भूमिका र जिम्मेवारी
संरक्षक सदस्यका रूपमा संस्थाको नीति, मार्गदर्शन तथा दीर्घकालीन रणनीतिक योजनामा सल्लाहकार भूमिका निर्वाह गर्दै आएको छु। संस्थागत सुशासन, पारदर्शिता र उत्तरदायित्व कायम राख्दै पाल्पाली समाज यूएईका गतिविधिहरूलाई प्रभावकारी र उद्देश्यपूर्ण बनाउने मेरो प्रमुख जिम्मेवारी रहेको छ।
अनुभव र योगदान
पाल्पाली समाज यूएईको स्थापना कालदेखी नै समाज प्रतीको महत्त्वपूर्ण उत्तरदाईत्व बहन गर्दै संस्थापक महासचिवको रूपमा अत्यन्तै कुशलता पुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै। अध्यक्ष (२०१७–२०१९) का रूपमा कार्य गर्दा संस्थालाई सुदृढ, व्यवस्थित र सक्रिय बनाउने दिशामा उल्लेखनीय योगदान पुर्याएँ। सदस्यहरूबीच एकता मजबुत बनाउने, संगठनात्मक संरचना सुधार गर्ने तथा सामाजिक, मानवीय र सहयोगमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने कार्यमा विशेष ध्यान केन्द्रित गरियो।
यसैगरी मध्यपुर्वकै सबभन्दा पुरानो र पहिलो संस्थाको रूपमा १९९० मा स्थापना भएको नेपाली समाज यूएईको २०१९-२०२३ मा महासचिव तथा अध्यक्ष (२०२२–२०२४) का रूपमा जिम्मेवारी सम्हाल्दा यूएईमा क्रियाशील ५५ भन्दा बढी नेपाली संघ–संस्थाहरूसँग सहकार्य, समन्वय र सहअस्तित्वको बलियो सम्बन्ध स्थापना गर्न सफल भएँ। विभिन्न संघ–संस्थाबीच आपसी समझदारी, सहकार्य र एकताको भावना विकास गर्दै नेपाली समुदायलाई अझ संगठित, प्रभावकारी र विश्वासयोग्य बनाउने प्रयास निरन्तर रह्यो।
अध्यक्षको भूमिकामा रहँदा श्रमिक समस्या, आपतकालीन अवस्था, बिरामी तथा असहाय नेपालीहरूको उद्धार र सहयोगलाई उच्च प्राथमिकतामा राख्दै कार्य गरियो। यस्ता कार्यहरूमा निरन्तर नेपाली दूतावास यूएईसँग आवसेक समन्वय र सहकार्य गर्दै विभिन्न समस्या मा परेका धेरै नेपालीहरूलाई समयमै राहत,उद्दार, सहयोग र मार्गदर्शन प्रदान गर्न सक्रिय भूमिका निर्वाह गरियो।
यसका अतिरिक्त, यूएईमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाहरूमा संरक्षक तथा सल्लाहकारको भूमिकामा समेत सक्रिय रहँदै आएको छु। मेरो अनुभव, सुझाव र मार्गदर्शनले संस्थागत निर्णय प्रक्रिया, संकट व्यवस्थापन तथा दीर्घकालीन योजना निर्माणमा सकारात्मक योगदान पुर्याएको विश्वास लिएको छु।
दृष्टिकोण
एकताबद्ध, पारदर्शी र उत्तरदायी संस्थागत अभ्यासमार्फत नेपाली समुदायलाई आबसेक्ता अनुसार सशक्त बनाउनु मेरो मुख्य दृष्टिकोण हो। सहकार्य, समझदारी र साझा प्रयासबाट मात्र दिगो सामाजिक विकास र सामाजिक न्याय सम्भव हुन्छ भन्ने विश्वास राख्दछु।
प्रतिबद्धता
मेरो दृष्टिमा समाजसेवा कुनै पद वा जिम्मेवारीमा सीमित विषय होइन, यो मेरो जीवन दर्शन हो। सेवा, समर्पण र सहकार्यको भावनालाई आत्मसात गर्दै यूएईस्थित नेपाली समुदायको हित, संरक्षण र उन्नति, प्रगतिका लागि निरन्तर समर्पित रहने मेरो दृढ प्रतिबद्धता रहेको छ।
