तिलक राम बस्याल

तिलक राम बस्याल

सचिव, २०२५–२०२७

स्थायी ठेगाना: पाल्पा जिल्ला, तानसेन नगरपालिका–३, बसन्तपुर

वर्तमान ठेगाना: संयुक्त अरब इमिरेट्स (युएई)

संक्षिप्त परिचय:

तिलक राम बस्याल सामाजिक उत्तरदायित्व, सहकार्य र सकारात्मक नेतृत्वमा विश्वास गर्ने व्यक्तित्व हुनुहुन्छ। उहाँ समाजमार्फत् व्यक्तिको जीवन मात्र होइन, समग्र समुदायको उन्नति सम्भव हुन्छ भन्ने दृढ मान्यता राख्नुहुन्छ।

समाजमा बसेर विविध विचार र विमर्शहरूको अध्ययन, अनुभव र अभ्यासमार्फत सही तथा सत्मार्गमा हिँड्न र अरूलाई पनि प्रेरित गर्न सकिने अवसर सामाजिक संस्थाले प्रदान गर्छ भन्ने उहाँको विश्वास छ। अग्रज व्यक्तिहरूका अनुभव र शिक्षालाई आत्मसात् गर्दै त्यसलाई व्यवहारमा उतार्नु नै सक्षम नेतृत्वको आधार हो भन्ने उहाँको धारणा छ।

सही, सहज र समावेशी वातावरण निर्माण गरी समाजलाई निरन्तर प्रगतितर्फ अग्रसर गराउने उद्देश्यका साथ उहाँ पाल्पाली समाजद्वारा आयोजना गरिने विभिन्न सामाजिक, सांस्कृतिक तथा आपसी सद्भाव अभिवृद्धि गर्ने कार्यक्रमहरूमा सक्रिय रूपमा संलग्न रहँदै आउनु भएको छ।

पाल्पा जिल्लाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक पहिचान तथा स्थानीय उत्पादनहरूको प्रवर्द्धनमार्फत नेपाली समुदायलाई जोड्ने लक्ष्यसहित, समाजका सम्पूर्ण सहयात्रीहरूसँग काधमा काध मिलाई सहकार्य गर्नु उहाँको प्रमुख प्रतिबद्धता हो।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us