टिका बहादुर घर्ती
सल्लाहाकार, २०२५–२०२७स्थायी ठेगाना: रामपुर नगरपालिका, वडा नम्बर ३, रजघरा
वर्तमान ठेगाना: संयुक्त अरब इमिरेट्स (युएई)
म टिका बहादुर घर्ती, पाल्पाली समाज युएईसँग स्थापना देखि आबद्ध रहि विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रूपमा संलग्न हुँदै आएको छु। सन् २०१५ मा अबुधाबी क्षत्रीय समितिको अध्यक्ष पदमा निर्वाचित हुँदा मैले युएईमा रहेका नेपाली समुदायको एकता र सामाजिक उत्थानको लागि विभिन्न योजनाहरू बनाएका थिए। यसका साथै, पाल्पाली समाज युएईसँगको सहकार्यमा विभिन्न समुदाय सेवा र सामाजिक कार्यक्रमहरूलाई अघि बढाउने अवसर प्राप्त भयो।
पाल्पाली समाज युएईको स्थापना कालदेखि नै यसका सदस्यका रूपमा मैले यहाँको प्रत्येक अभियानमा संलग्न भएर विभिन्न कार्यक्रमहरूमा सक्रिय भूमिका निभाएको छु। समाजको प्रारम्भिक दिनहरूमा, संस्थागत संरचना निर्माण र सदस्यहरूको एकता बढाउने काममा मैले विशेष योगदान पुर्याएको छु। विशेषगरी, यस समाजका उद्देशहरू जस्तै, पाल्पा जिल्लाको सामाजिक र आर्थिक उत्थान, स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा सहयोग, र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरि नेपाली समुदायमा समृद्धि र विकासको वातावरण सिर्जना गर्ने कार्यमा म निरन्तर संलग्न हुँदै आएको छु।
पाल्पाली समाज युएईका विभिन्न कार्यहरूमा मेरो सहभागिता मात्र होइन, युएईमा रहेका पाल्पाली समुदायका लागि सहकार्य र एकता प्रवर्द्धनका लागि विशेष प्रयासहरू गरेको छु। यहाँ बसोबास गर्ने सबै सदस्यहरूलाई आपसी सहयोग, समर्थन र समाजको उद्देश्यहरूमा एकजुट गराउने प्रयास सधैं निरन्तर गर्दै आएको छु।
समाजको सक्रिय सदस्यको रूपमा मैले विभिन्न सामाजिक तथा आर्थिक संकटमा परेको पाल्पाली समुदायका सदस्यहरूको मद्दत गर्न पहल गरेको छु। विशेषगरी, सहायता कोषहरूको स्थापना, आकस्मिक राहत वितरण र शिक्षा र स्वास्थ्यका कार्यक्रमहरूको आयोजना गर्दै आएको छु। नेपालमा भएका आपतकालीन घटनाहरूको बेला र युएईमा रहेका समाजका सदस्यहरूको बिरामी अवस्थाको बेला आर्थिक सहयोग जुटाउन सघाएको छु।
यसका अलावा, पाल्पाली समाज युएईले आयोजना गरेका सांस्कृतिक कार्यक्रमहरू, वनभोजहरू, भेटघाटहरू र च्यारिटी इवेन्टहरूमा मेरो योगदानले समाजको एकता र प्रगतिको मार्ग प्रशस्त गरेको छ। पाल्पाली समाज युएईसँग मिलेर मैले विभिन्न समाजसेवा परियोजनाहरू र विकास योजनाहरूमा पनि अविस्मरणीय योगदान पुर्याएको छु।
आगामी दिनहरूमा पनि पाल्पाली समाज युएईको एक हिस्सा भएर नेपाली समुदायको समृद्धि र विकासमा सधैं योगदान दिने मेरो प्रतिबद्धता यथावत रहनेछ। म विश्वास दिलाउँछु कि हाम्रो आपसी सहयोग र मिहिनेतले पाल्पाली समाजलाई अझ बलियो, सशक्त र समृद्ध बनाउनेछ।
समाजका लागि सधैं तत्पर रहने छु।
धन्यवाद।
जय पाल्पा, जय नेपाल।
