खुम बहादुर आले

खुम बहादुर आले

संरक्षक सदस्य

स्थायी ठेगाना: पुर्वखोला गाउँपालिका–३, पाल्पा

वर्तमान ठेगाना: दुबई

संक्षिप्त परिचय

पुर्वखोला गाउँपालिका–३, पाल्पा
हाल: दुबई, संयुक्त अरब इमिरेट्स (यूएई)

खुम बहादुर आले नेपाली समाजमा सक्रिय सामाजिक अभियन्ता हुनुहुन्छ। उहाँ नेपाली समाज युएईको दुबई क्षेत्रीय समिति, नेपाल मगर संघ युएई, आदिवासी जनजाति महासंघ युएई तथा पाल्पाली समाज युएईमा आवद्ध रहँदै सामाजिक, सांस्कृतिक तथा समुदाय हितका गतिविधिहरूमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएको छ।

उद्देश्य

उहाँको उद्देश्य समाज तथा समुदायका लागि गरिने हरेक काम वा क्रियाकलापलाई सही दिशा प्रदान गर्दै निर्धारित लक्ष्य हासिल गर्नु हो। सकारात्मक सोच, प्रेरणा र सेवाभावका माध्यमबाट व्यक्ति तथा संस्थालाई उपलब्धि हासिल गर्न प्रेरित गर्नु नै उहाँको मूल लक्ष्य हो।

समाजप्रति दृष्टिकोण

उहाँको दृष्टिमा समाज भनेको नियम, विधि र विधानमा आधारित भई मानिसहरूबीच आपसी सम्बन्ध, सद्भाव र सहयोग कायम गर्ने संगठित संरचना हो। समाजले व्यक्ति–व्यक्तिबीचको सम्बन्धलाई मजबुत बनाउँदै धर्म, संस्कृति, रहन–सहन र मूल्य–मान्यताको संरक्षण गर्दछ। व्यक्ति र समाज एक–अर्कामा अन्योन्याश्रित छन्, र समाजको सुव्यवस्थित सञ्चालनका लागि नियमको पालना, सहकार्य र पारस्परिक सम्मान अनिवार्य रहेको उहाँको विश्वास छ।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us