पाल्पाली समाज यूएईद्वारा आगलागी पीडित परिवारलाई १ लाख रुपैयाँ सहयोग हस्तान्तरण
03 Jan 2024
पाल्पाली समाज यूएईद्वारा आगलागी पीडित परिवारलाई १ लाख रुपैयाँ सहयोग हस्तान्तरण
पाल्पा – पाल्पाली समाज यूएईले १८ पुस २०८०, बुधबार निस्धी–३ मा भएको आगलागीबाट पीडित परिवारलाई जम्मा १,००,००० (एक लाख) रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
उक्त सहयोगमध्ये पाल्पाली समाज यूएई तथा व्यक्तिगत रूपमा संकलन गरी पठाइएको ९०,००० रुपैयाँ र रामपुर नगरपालिका नगरप्रमुख रमण बहादुर थापाबाट प्रदान गरिएको १०,००० रुपैयाँ समावेश रहेको छ।
सहयोग रकम समाजका उपाध्यक्ष कृष्ण प्रसाद तिमिल्सिनाको उपस्थितिमा पीडित परिवारलाई हस्तान्तरण गरिएको हो। समाजले विपद् तथा संकटका बेला पीडित परिवारलाई सहयोग गर्ने आफ्नो मानवीय अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ।
