श्री भगवती प्रा. वि.-रिब्दीकोट गाउँपालिका

Kailash Aryal

17 Jan 2018

/ 10:40 am

श्री भगवती प्रा. वि., खस्यौलीमा अक्षयकोष हस्तान्तरण- रिब्दीकोट गाउँपालिका–३, पाल्पा | मिति: २०७४ साल

मानव विकासको महत्वपूर्ण आधार शिक्षा हो। सभ्य, उन्नत, गतिशील, चेतनशील तथा सिर्जनशील समाज निर्माण गर्दै देशलाई विज्ञान र प्रविधिको मार्गमा अघि बढाउन शिक्षा नै पहिलो ढोका हो भन्ने मान्यतालाई आत्मसात गर्दै पाल्पाली समाज यूएईले शिक्षा क्षेत्रमा विशेष ध्यान दिँदै आएको छ।

वैदेशिक रोजगारीको सिलसिलामा युएईमा रहेका पाल्पालीहरूलाई एकताबद्ध गर्दै १७/०४/२०१५ मा गठन गरिएको पाल्पाली समाज यूएईले आफ्नो वार्षिक कार्ययोजना अनुसार पाल्पा जिल्लाका विद्यालयहरूमा शैक्षिक सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ। “एक साविक गा.वि.स. एक विद्यालय छनोट गरी प्रत्येक विद्यालयमा रु. २५,००० बराबरको अक्षयकोष स्थापना गर्ने” निर्णय अनुरूप यस पटक रिब्दीकोट गाउँपालिका–३ खस्यौलीस्थित श्री भगवती प्राथमिक विद्यालय छनोट गरिएको हो।

आयोजित कार्यक्रममार्फत पाल्पाली समाज यूएईले उक्त विद्यालयलाई रु. २५,००० (पच्चीस हजार रुपैयाँ) बराबरको अक्षयकोष रकम औपचारिक रूपमा हस्तान्तरण गरेको छ। हस्तान्तरण गरिएको रकम पाल्पाली समाज यूएई संरक्षक रहने गरी विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सोही क्षेत्रबाट युएईमा कार्यरत पाल्पाली समाजका सदस्यहरूको रोहबरमा सञ्चालन गरिनेछ।

उक्त अक्षयकोष विद्यालयको वार्षिक कार्यतालिका अनुसार गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न प्रयोग गरिनेछ भन्ने विश्वासका साथ, कोषको सही र प्रभावकारी कार्यान्वयन गर्न पाल्पाली समाज यूएईले सम्बन्धित सबै पक्षसँग विनम्र अनुरोध गरेको छ।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us