श्री जनप्रकाश निम्न माध्यमिक विद्यालयमा-जल्पा गाउँपालिका

Kailash Aryal

27 Dec 2016

/ 5:26 pm

पाल्पाली समाज यूएईद्वारा श्री जनप्रकाश निम्न माध्यमिक विद्यालयमा अक्षयकोष हस्तान्तरण

पाल्पा | पुस १२, २०७३ (२७ डिसेम्बर २०१६)

पाल्पाली समाज यूएईले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत पाल्पा जिल्लाको जल्पा गाउँपालिका मा अवस्थित श्री जनप्रकाश निम्न माध्यमिक विद्यालय मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक सहयोग र सम्मानका लागि अक्षयकोष हस्तान्तरण कार्यक्रम अत्यन्तै सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा पाल्पाली समाज क्षेत्रीय समिति फुजैराहका अध्यक्ष श्री इन्द्रबहादुर घर्ती ज्यू ले नेपालबिदा अवधि दौरान आफ्नो महत्त्वपूर्ण समय समाजका लागि खर्च गर्दै कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निभाउनु भएको थियो। त्यस्तै, नेपालबिदा रहनुभएका धेरै मित्रहरूले पनि उपस्थित भई कार्यक्रमलाई सहयोग गर्नु भएको थियो, जसको समाजले उच्च मूल्यांकन गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछ।

रोजगारको सिलसिलामा युएईमा रहँदै समाजका लागि महत्वपूर्ण योगदान पुर्‍याउनु हुने सम्पूर्ण पाल्पाली दाजुभाइ तथा दिदीबहिनीहरू, केन्द्रीय समितिका पदाधिकारी, सल्लाहकार, क्षेत्रीय तथा इकाई समितिका साथीहरू, सहयात्री मित्रहरू, शुभेच्छुक र शुभचिन्तकहरू लगायत सम्पूर्ण सहयोगी हातहरूप्रति पाल्पाली समाज यूएई हार्दिक आभार प्रकट गर्दछ।

त्यसैगरी, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, बुद्धिजीवी, भद्रभलाद्मी, प्राध्यापक, सम्पूर्ण शिक्षक–शिक्षिका तथा प्यारा विद्यार्थी भाइ–बहिनीहरूलाई पनि अन्तरहृदयदेखि हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दछौं।

पाल्पाली समाज यूएई शिक्षा, सेवा र सहकार्यका माध्यमबाट समाज निर्माणमा निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्दछ।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us