जाउपोखरा निम्न माध्यमिक विद्यालयमा-
08 Feb 2017
पाल्पाली समाज यूएईद्वारा जाउपोखरा निम्न माध्यमिक विद्यालयमा अक्षयकोष हस्तान्तरण
पाल्पा | माघ २७, २०७३ (८ फेब्रुअरी २०१७)
मानवीय विकासको एक महत्वपूर्ण आधारका रूपमा रहेको शिक्षा क्षेत्रलाई समयसापेक्ष रूपान्तरण गर्नुपर्ने आवश्यकता लाई आत्मसात् गर्दै पाल्पाली समाज यूएईले पाल्पा जिल्लामा एक दीर्घकालीन शैक्षिक अभियान सञ्चालन गर्दै आएको छ।
नगरपालिका बाहिरका दुर्गम भेगमा अवस्थित पाल्पा जिल्लाका ६० वटा साविक गाविसका ६० वटा निम्न माध्यमिक विद्यालयहरूमा गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक सहयोगका लागि अक्षयकोष स्थापना गर्ने अभियान अन्तर्गत, आज माघ २७, २०७३ का दिन चिदीपानी गाविसमा अवस्थित श्री जाउपोखरा निम्न माध्यमिक विद्यालय मा अक्षयकोष हस्तान्तरण कार्यक्रम अत्यन्तै सभ्य र भव्य रूपमा सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा पाल्पाली समाज यूएई क्षेत्रीय समिति फुजैराहका अध्यक्ष श्री इन्द्रबहादुर घर्ती ज्यू को विशेष उपस्थिति रहेको थियो। समाजप्रति उहाँले निरन्तर पुर्याउँदै आउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै पाल्पाली समाज यूएई उहाँप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
यस मानवीय अभियानलाई सफल बनाउन रोजगारको सिलसिलामा युएईमा रहेर पनि आफ्नो व्यस्त समयका बाबजुद पाल्पाली समाजलाई माया गरी योगदान पुर्याउनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, केन्द्रीय समिति, सल्लाहकार, क्षेत्रीय तथा इकाई समितिका साथीहरू, सहयात्री मित्रहरू, शुभेच्छुक तथा शुभचिन्तकहरू लगायत सम्पूर्ण सहयोगी हातहरूप्रति पाल्पाली समाज यूएई हार्दिक आभार व्यक्त गर्दछ।
त्यसैगरी, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, बुद्धिजीवी, भद्रभलाद्मी, श्री जाउपोखरा निम्न माध्यमिक विद्यालयका प्राधानाध्यापक, सम्पूर्ण शिक्षक–शिक्षिका तथा प्रिय विद्यार्थी भाइबहिनीहरू प्रति पनि अन्तरहृदयदेखि नै हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दछौं।
पाल्पाली समाज यूएई शिक्षा, सेवा र सहकार्यका माध्यमबाट समाज निर्माणमा निरन्तर अग्रसर रहिरहने प्रतिबद्धता व्यक्त गर्दछ।
