महेन्द्र निमावि-रम्भा गाउँपालिका

Kailash Aryal

26 Mar 2017

/ 5:04 pm

पाल्पाली समाज यूएईद्वारा महेन्द्र निमावि, फोक्सिङ्कोटमा अक्षयकोष हस्तान्तरण

रम्भा गाउँपालिका, पाल्पा | चैत १३, २०७३ (२६ मार्च २०१७)

पाल्पाली समाज यूएईले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत पाल्पा जिल्लाको रम्भा गाउँपालिका मा अवस्थित श्री महेन्द्र निम्न माध्यमिक विद्यालय, फोक्सिङ्कोट (सुरुमडाँडा) मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक सहयोग र सम्मानका लागि स्थापना गरिएको अक्षयकोष हस्तान्तरण कार्यक्रम अत्यन्तै सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा पाल्पाली समाज यूएईको प्रतिनिधित्व गर्दै श्री हीरा कुमाल, श्री झपेन्द्र आचार्य तथा श्री कुल बहादुर के.सी. ज्यू को गरिमामय उपस्थिति रहेको थियो। नेपाल बिदामा रहँदा पनि समाजप्रतिको उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखी उहाँहरूले आफ्नो अमूल्य समय प्रदान गर्दै कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

यस अवसरमा रोजगारको सिलसिलामा युएईमा रहनु हुने सम्पूर्ण पाल्पाली दाजुभाइ तथा दिदीबहिनीहरू, केन्द्रीय समिति, सल्लाहकार, क्षेत्रीय तथा इकाई समितिका साथीहरू, सहयात्री मित्रहरू, शुभेच्छुक तथा शुभचिन्तकहरू सहित सम्पूर्ण सहयोगी हातहरूप्रति पाल्पाली समाज यूएई हार्दिक धन्यवाद व्यक्त गर्दछ।

त्यस्तै, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, बुद्धिजीवी, प्राधानाध्यापक, सम्पूर्ण शिक्षक–शिक्षिका तथा प्रिय विद्यार्थी भाइबहिनीहरू प्रति पनि अन्तरहृदयदेखि नै हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दछौं।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us