मृगौला पीडितलाई पाल्पाली समाज यूएईद्वारा AED 1,565 (रु. 43,462) आर्थिक सहयोग
03 Jul 2017
मृगौला पीडितलाई पाल्पाली समाज यूएईद्वारा आर्थिक सहयोग
पाल्पा | रामपुर नगरपालिका–३, डाबरा
पाल्पाली समाज यूएईले मानवतामूलक दायित्वलाई आत्मसात् गर्दै मृगौला पीडित एक पाल्पाली युवालाई आर्थिक सहयोग प्रदान गरेको छ।
पाल्पा जिल्ला, रामपुर नगरपालिका वडा नं. ३, डाबरा निवासी नर बहादुर सेनका छोरा रेम बहादुर सेन विगत २०७३ साल असार महिनादेखि दुवै मृगौला खराब भई वीर अस्पताल, काठमाडौंमा उपचाररत रहनु भएको छ। पीडितको आर्थिक अवस्था कमजोर रहेको र निरन्तर उपचारका लागि सहयोग आवश्यक रहेको जानकारी प्राप्त भएपछि पाल्पाली समाज यूएईले सहयोग प्रक्रिया अगाडि बढाएको हो।
यसै सन्दर्भमा पाल्पाली समाज क्षेत्रीय समिति अबुधाबी लाई सहयोगको अनुरोध गरिएको थियो। अनुरोध पश्चात क्षेत्रीय समिति अबुधाबीको सक्रिय पहलमा अबुधाबीमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूबाट AED 1,565 (नेपाली रुपैयाँ 43,462/-) रकम संकलन गरिएको छ।
संकलित रकम पीडित रेम बहादुर सेनकै नाममा, उहाँका आफन्त हिरा सेन को मातहतमा सुरक्षित रूपमा हस्तान्तरण/पठाइएको जानकारी पाल्पाली समाज यूएईले दिएको छ।
पाल्पाली समाज यूएईले यस मानवीय कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सहयोगी हातहरू, क्षेत्रीय समिति अबुधाबी तथा दाताहरू प्रति हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछ।
समाजले आगामी दिनहरूमा पनि यस्ता मानवीय सहयोगका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
