श्री मौला देवी निम्न माध्यमिक विद्यालय
29 Nov 2016
श्री मौला देवी निम्न माध्यमिक विद्यालय, मौलाथर (मित्याल गाविस)
पाल्पा | २०७३ मङ्सिर १६
पाल्पाली समाज युएईले आफ्नो वार्षिक योजना अनुसार मित्याल गाविसस्थित श्री मौला देवी निम्न माध्यमिक विद्यालय, मौलाथरमा गरिब तथा जेहेन्दार विद्यार्थीहरूको छात्रवृत्तिका लागि अक्षयकोष हस्तान्तरण गरेको छ।
विद्यालयमा आयोजित विशेष समारोहमा केन्द्रीय अध्यक्ष श्री खुम बहादुर आले र शारजाह क्षेत्रीय सचिव श्री खेम बयाम्बु उपस्थित रहेर अक्षयकोष औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको थियो।
समाजले यस शैक्षिक पहलमार्फत दुर्गम क्षेत्रका बालबालिकाको शिक्षा निरन्तरता र उज्ज्वल भविष्य सुनिश्चित गर्ने उद्देश्य व्यक्त गरेको छ।


