श्री सिन्दुर निम्न माध्यमिक विद्यालय
19 Nov 2016
श्री सिन्दुर निम्न माध्यमिक विद्यालय, सिसिङ्गा (अर्चले गाविस)
पाल्पा | २०७३ मङ्सिर १४
‘प्रवासबाट जन्मभूमिको सेवा’ भन्ने पवित्र उद्देश्यका साथ पाल्पाली समाज युएईले आफ्नो वार्षिक कार्ययोजना अनुसार पाल्पाका दुर्गम क्षेत्रमा शैक्षिक सहयोग कार्यक्रम सम्पन्न गरेको छ।
जिल्लाको अर्चले गाविसस्थित श्री सिन्दुर निम्न माध्यमिक विद्यालय, सिसिङ्गामा गरिब तथा जेहेन्दार विद्यार्थीहरूको छात्रवृत्तिका लागि अक्षयकोष स्थापना र हस्तान्तरण कार्यक्रम विशेष समारोहका बीच सम्पन्न गरिएको हो।
कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष श्री खुम बहादुर आले र शारजाह क्षेत्रीय सचिव श्री खेम बयम्बुको विशेष उपस्थिति रहेको थियो।

यस पहलले विद्यार्थीहरूको शिक्षा निरन्तरतामा सहयोग पुर्याउने र गाउँका बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्ने विश्वास समाजले व्यक्त गरेको छ।
