स्व. माधव गैरेका परिवारलाई नगद राहत प्रदान
29 Jan 2017
स्व. माधव गैरेका परिवारलाई नगद राहत प्रदान
युएई | २९ जनवरी २०१७
पाल्पाली समाज युएईले वैदेशिक रोजगारीका क्रममा युएईमै अकालमा ज्यान गुमाउनुभएका पाल्पाका युवा स्व. माधव गैरेका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
राहत स्वरूप समाजले स्व. गैरेका परिवारलाई ७५ हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको हो। यो सहयोग परिवारको तत्कालीन आवश्यकता र कठिन अवस्थालाई मध्यनजर गर्दै उपलब्ध गराइएको समाजले जनाएको छ।
पाल्पाली समाज युएईले दुःखद घडीमा परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै, भविष्यमा पनि मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याएको छ।
