क्यान्सर पीडित कमल बस्याललाई पाल्पाली समाज यूएईद्वारा आर्थिक सहयोग

Kailash Aryal

10 Jan 2026

/ 5:45 am

पाल्पा जिल्ला, बगनासकाली गाउँपालिका–८ निवासी २४ वर्षीय कमल प्रसाद बस्याल, जो वैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) मा रहनु भएको थियो, अचानक ब्लड क्यान्सरबाट पीडित भई नेपाल चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत रहनु भएको थियो।

उपचारका क्रममा उहाँको पारिवारिक तथा आर्थिक अवस्था अत्यन्तै कमजोर भएपछि परिवारले जीवनरक्षाका लागि सहयोगको अपिल गरेको थियो। उक्त मानवीय अपिललाई मध्यनजर गर्दै पाल्पाली समाज यूएईले मानवीय सहायता अभियान सञ्चालन गरी संकलित रकम पीडित परिवारलाई आर्थिक सहयोग स्वरूप हस्तान्तरण गरेको हो।

उक्त अभियानमार्फत कुल ५,१६८ युएई दिराम (करिब नेपाली रुपैयाँ १,४४,४००) संकलन गरिएको थियो।
सहयोग रकम दुई चरणमा हस्तान्तरण गरिएको विवरण यस प्रकार रहेको छः

पहिलो किस्ता: ३,५८९ युएई दिराम (ने.रु. १,००,१००) — सन् जुन १७, २०१७ मा पीडितका आमालाई पठाइएको।

दोस्रो किस्ता: १,५७९ युएई दिराम — सन् जुलाई ७, २०१७ मा आयोजित एक कार्यक्रमका बीच पीडितका बुबा श्री नारायण बस्याललाई हस्तान्तरण गरिएको।

पाल्पाली समाज यूएईले वैदेशिक रोजगारी तथा विभिन्न कारणले पीडामा परेका पाल्पाली दाजुभाइ तथा दिदीबहिनीहरूको उपचार, शिक्षा र जीवनरक्षाका लागि यस्ता मानवीय सहयोग अभियानहरू निरन्तर सञ्चालन गर्दै आएको छ।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us