चिदीपानी स्थित श्री जाउपोखरा नि.मा.वि.मा
08 Feb 2017
चिदीपानी स्थित श्री जाउपोखरा नि.मा.वि.मा अक्षयकोष हस्तान्तरण
मिति: माघ २७, २०७३ (८ फेब्रुअरी २०१७)
पाल्पाली समाज युएईको वार्षिक कार्ययोजना अन्तर्गत
पाल्पा जिल्लाको चिदीपानी गा.वि.स. मा अवस्थित
श्री जाउपोखरा निम्न माध्यमिक विद्यालय मा
गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक सहयोगका लागि
अक्षयकोष हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा पाल्पाली समाज क्षेत्रीय समिति फुजैरह का अध्यक्ष
श्री इन्द्रबहादुर घर्ती ज्यूको उपस्थिति रहेको थियो।
यस कार्यक्रमले आर्थिक रूपमा कमजोर तर अध्ययनशील विद्यार्थीहरूको शैक्षिक निरन्तरतामा दीर्घकालीन सहयोग पुर्याउने उद्देश्य राखेको छ।

