खुम प्रसाद न्यौपाने
महासचिव, २०२५- २०२७स्थायी ठेगाना: मेउछाप, बगनासकाली गाउँपालिका–६, पाल्पा, नेपाल
वर्तमान ठेगाना: संयुक्त अरब इमिरेट्स (युएई)
व्यक्तिगत परिचय
श्री खुम प्रसाद न्यौपाने पाल्पा जिल्ला, बगनासकाली गाउँपालिका–६, मेउछाप निवासी हुनुहुन्छ । हाल उहाँ संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत तथा बसोबास गर्दै आउनुभएको छ । उहाँ सामाजिक सेवामा सक्रिय, समर्पित तथा नेपाली समुदायको हितका लागि निरन्तर क्रियाशील व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । विगत दश वर्षभन्दा बढी समयदेखि उहाँले वैदेशिक भूमिमा रहनु भएका नेपालीहरूको सहयोग, उत्थान तथा सशक्तीकरणका लागि विभिन्न भूमिकामा रही सेवा पुर्याउँदै आउनुभएको छ ।
संस्थासँगको यात्रा
श्री न्यौपाने पाल्पाली समाज युएईको स्थापना कालदेखि नै सक्रिय रूपमा आबद्ध रहनुभएको छ । उहाँ संस्थाको संस्थापक केन्द्रीय सदस्यका रूपमा प्रारम्भिक चरणदेखि योगदान दिँदै आउनुभएको हो । त्यसपछि उहाँले कोषाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभयो । पछिल्ला वर्षहरूमा उहाँ महासचिवको जिम्मेवारीमा रहँदै संस्थाका गतिविधिहरूको नेतृत्व, समन्वय तथा प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ ।
संस्थामा सम्हालेका पदहरूः
-
संस्थापक केन्द्रीय सदस्य
-
पूर्व कोषाध्यक्ष
-
पूर्व महासचिव
-
वर्तमान महासचिव
दृष्टिकोण र समर्पण
श्री न्यौपानेको विश्वास अनुसार कुनै पनि सामाजिक संस्था इमानदारी, एकता, पारदर्शिता र निस्वार्थ सेवाभावका साथ सञ्चालन हुनुपर्दछ । यही मूल्य र मान्यतालाई आत्मसात गर्दै उहाँले पाल्पाली समाज युएईको विकास, सुदृढीकरण तथा दिगोपनाका लागि आफ्नो समय, अनुभव र क्षमताको निरन्तर योगदान दिँदै आउनुभएको छ ।
उहाँले नेपाली समुदायलाई एकताबद्ध गर्ने, आपसी सहयोग र सद्भाव प्रवर्द्धन गर्ने तथा पाल्पा र युएई दुवै स्थानमा सामाजिक तथा मानवीय कार्यहरूलाई सशक्त बनाउने दिशामा उल्लेखनीय प्रयासहरू गर्नुभएको छ ।
मुख्य उद्देश्य
“समाज हाम्रो साझा जिम्मेवारी हो । यो व्यक्तिगत स्वार्थ पूर्ति गर्ने थलो नभई सेवा र सामाजिक उत्तरदायित्व वहन गर्ने माध्यम हुनुपर्छ । म सधैं समाज र समुदायको दीर्घकालीन हितका लागि इमानदारीपूर्वक कार्य गर्न प्रतिबद्ध रहनेछु ।”
महासचिव खुम प्रसाद न्यौपानेको विचारमा
समाजको सफलताको पछाडि सबैको ऐक्यबद्धता र सहकार्यको हात छ। हाम्रो सानो प्रयासले ठूलो परिवर्तन सम्भव छ भन्ने विश्वासका साथ हामी अगाडि बढिरहेका छौं। ‘हाम्रो ब्लड बैंक, हाम्रो गौरव’ अभियानमार्फत देश र समाजलाई केही दिने अवसर पाउँदा हामी गौरवान्वित छौं। आगामी दिनहरूमा अझ बढी सकृय र प्रभावकारी बन्ने हाम्रो दृढ संकल्प छ।
