कृष्ण प्रसाद आचार्य

कृष्ण प्रसाद आचार्य

संरक्षक संयोजक

वर्तमान ठेगाना: शारजाह

पाल्पाली समाज यूएई – परिचय

संरक्षकको सन्देश

पाल्पाली समाज यूएई

परिचय

पाल्पाली समाज यूएईको स्थापना सामाजिक सेवा र आपसी सद्भावको पवित्र उद्देश्यका साथ गरिएको हो। वैदेशिक रोजगारीको सिलसिलामा यूएईका विभिन्न स्थानमा कार्यरत पाल्पालीहरूलाई एकताबद्ध गर्दै राष्ट्र तथा विशेषगरी आफ्नो गृहजिल्ला पाल्पामा आइपर्ने दैवी प्रकोप, महामारी र अन्य आपत्–विपत्को समयमा सहयोग पुर्‍याउनु यस संस्थाको मूल उद्देश्य हो।

उद्देश्य

  • पाल्पालीहरूलाई संगठित र एकताबद्ध गर्दै सामाजिक सेवामा सक्रिय बनाउने
  • दैवी प्रकोप, महामारी तथा आकस्मिक अवस्थाहरूमा मानवीय सहयोग प्रदान गर्ने
  • शिक्षा, स्वास्थ्य र सामाजिक विकासका कार्यक्रमहरूलाई प्रवर्द्धन गर्ने
  • समाजसेवामार्फत देश र जनताको हितमा योगदान पुर्‍याउने

प्रमुख उपलब्धिहरू

  • जिल्लाका विभिन्न विद्यालयहरूमा अक्षय कोष स्थापना सफलतापूर्वक सम्पन्न
  • कोभिड–१९ महामारीको समयमा विभिन्न सहयोग कार्यक्रम सञ्चालन
  • पाल्पामा रेडक्रसमार्फत स्थापना गरिएको ब्लड बैंकका लागि आर्थिक सहयोग
  • एक दिनको तलब पाल्पाली समाजलाई अभियानमार्फत आर्थिक स्रोत संकलन

आगामी प्रतिबद्धता

आगामी दिनहरूमा अझै थप रचनात्मक, प्रभावकारी र दीर्घकालीन सामाजिक कार्यहरू सञ्चालन गर्ने दृढ संकल्पका साथ वर्तमान कार्यसमिति अघि बढिरहेको छ।

आभार

यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सम्पूर्ण महानुभावप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

संरक्षक

कृष्ण प्रसाद आचार्य

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us