ओम कुमारी खाँण
प्रमुख सल्लाहाकारसंक्षिप्त परिचय
ओम कुमारी खाँड
रामपुर नगरपालिका–४, बरडाँडा, पाल्पा
हाल: संयुक्त अरब इमिरेट्स (यूएई)
विगत १९ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा कार्यरत ओम कुमारी खाँड विदेशमा अलपत्र, पीडित तथा विभिन्न समस्यामा परेका नेपाली श्रमिकहरूको हक–हितका लागि निरन्तर आवाज उठाउँदै आउनु भएकी एक सक्रिय सामाजिक अभियन्ता हुनुहुन्छ। उहाँ श्रमिकहरूको उद्धार, सहजीकरण तथा प्रत्यक्ष सहयोगमा निरन्तर संलग्न रहँदै आउनु भएको छ।
स्वदेश तथा विदेश दुवै स्थानमा व्यक्तिगत र संस्थागत रूपमा सामाजिक सहयोग, सहकार्य र मानवतामूलक कार्यमार्फत उहाँले उल्लेखनीय योगदान पुर्याउँदै आउनु भएको छ।
संलग्न पद तथा जिम्मेवारीहरू
-
कोषाध्यक्ष
नव ज्योति नेपाली साहित्य समाज, नेपाल (काठमाडौँ) -
प्रथम उपाध्यक्ष
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, यूएई शाखा -
सक्रिय सदस्य
ठकुरी सहयोग सञ्जाल नेपाल, यूएई शाखा -
संस्थापक सदस्य
पाल्पाली समाज यूएई -
महिला विभाग प्रमुख
पाल्पाली समाज यूएई -
वरिष्ठ उपाध्यक्ष
पाल्पाली समाज यूएई -
कार्यवाहक अध्यक्ष
पाल्पाली समाज यूएई -
केन्द्रीय अध्यक्ष
पाल्पाली समाज यूएई -
प्रमुख सल्लाहकार
पाल्पाली समाज यूएई
दर्शन र प्रतिबद्धता
हामी सामाजिक प्राणी हौँ। समाजमा बसोबास गर्दा आउने सामाजिक वा व्यक्तिगत जुनसुकै समस्यामा पनि एक–अर्कालाई आफ्नै सम्झेर हातेमालो गर्दै सहकार्य गर्नु नै सशक्त समाज निर्माणको आधार हो भन्ने विश्वास उहाँको मूल दर्शन हो।
सामाजिक कार्यमा राजनीतिक स्वार्थ, लैङ्गिक हिंसा, नातावाद–कृपावाद, धर्म वा जातीय विभेदको कुनै स्थान हुनु हुँदैन। कुनै पनि संस्था विवादरहित, पारदर्शी र सबैलाई समेट्ने हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ।
“पहिले आफू परिवर्तन बनौँ, त्यसपछि समाज परिवर्तन हुन्छ। समाज परिवर्तन भयो भने देश बन्छ।”
उद्देश्य
-
वैदेशिक रोजगारीको सिलसिलामा गन्तव्य मुलुक पुगेका नेपाली श्रमिकहरू कुनै पनि प्रकारका समस्यामा परेर दुःख भोग्न नपरोस् भन्ने सुनिश्चितता गर्नु।
-
समस्यामा परेका श्रमिकहरूलाई सकेसम्म सकुशल नेपाल फर्काई परिवारसँग पुनर्मिलन गराउनु।
-
यदि त्यो सम्भव नभएमा, मृतक श्रमिकको पार्थिव शरीर जन्मभूमिमा ल्याई अन्त्येष्टि गर्ने अधिकारबाट कसैलाई पनि वञ्चित हुन नदिन पहल गर्नु।
