पाल्पाली बृहत भेला – युएई
15 Feb 2026
पाल्पाली बृहत भेला – युएई
पाल्पाली समाज युएईको आयोजनामा युएईमा अवस्थित सम्पूर्ण पाल्पाली दाजुभाइ तथा दिदीबहिनीहरूबीच आपसी भेटघाट, चिनजान र संगठन विस्तार गर्ने उद्देश्यसहित पाल्पाली बृहत भेला आयोजना गर्न लागिएको जानकारी गराउन चाहन्छौँ।
यस विशेष भेलामा सहभागी भई सम्पूर्ण पाल्पाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई समाजमा आबद्ध गराउने र नयाँ सदस्य परिचय गराउने अवसर प्रदान गरिनेछ।
कार्यक्रम विवरण:
मिति: २२ फेब्रुवरी २०२६
समय: दिनको ठिक ३:०० बजे
स्थान: जय किचन (पुरानो बलिउड) रेस्टुरेन्ट – सभा हल
विशेष अनुरोध:
ग्रुपमा आबद्ध प्रत्येक सदस्यले कम्तीमा ५ जना नयाँ पाल्पालीहरूलाई सहभागी गराउनुहुन।
कार्यक्रमको पोस्टर र सूचना आफ्ना सामाजिक सञ्जालमा सेयर गरी धेरैभन्दा धेरै पाल्पालीहरूसम्म पुर्याउन आह्वान गर्दछौँ।
उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण पाल्पालीहरूमा हार्दिक अनुरोध गर्दछौँ।
