मातृभूमि उच्च माध्यमिक विद्यालय-देबिनगर गाउँपालिका

Kailash Aryal

02 Jan 2017

/ 5:18 pm

पाल्पाली समाज यूएईद्वारा मातृभूमि उच्च माध्यमिक विद्यालय, देबिनगरमा अक्षयकोष हस्तान्तरण

पाल्पा | पुस १९, २०७३ (२ जनवरी २०१७)

पाल्पाली समाज यूएईले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत पाल्पा जिल्लाको देबिनगर गाउँपालिका मा अवस्थित श्री मातृभूमि उच्च माध्यमिक विद्यालय मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक सहयोग र सम्मानका लागि अक्षयकोष हस्तान्तरण कार्यक्रम अत्यन्तै सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा पाल्पाली समाज यूएई क्षेत्रीय समिति फुजैराहका अध्यक्ष श्री इन्द्रबहादुर घर्ती ज्यू, किसेस इकाई समिति अध्यक्ष राम बहादुर थापा ज्यू, र नेपालबिदा अवधि दौरान समाजका सदस्य श्री केश बहादुर बारघरे, श्री दुर्ग बहादुर बारघरे, श्री भिम बहादुर सारु, श्री भुवन बि.क. को विशेष उपस्थिति रहेको थियो। उहाँहरूले आफ्नो महत्त्वपूर्ण समय समाजको काममा खर्च गर्दै कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निभाउनु भएको थियो।

त्यस्तै, नेपालबाट समाजलाई निरन्तर सहयोग गर्दै आएका समाजसेवी एवं पत्रकार सीता डोटेल ज्यू ले पनि आफ्नो उपस्थितिको माध्यमबाट कार्यक्रमलाई समर्थन गर्नु भएको थियो।


युएईमा रोजगारको सिलसिलामा रहँदै पनि समाजको विभिन्न गतिविधिमा योगदान पुर्‍याउनु हुने सम्पूर्ण पाल्पाली दाजुभाइ तथा दिदीबहिनीहरू, केन्द्रीय समितिका पदाधिकारी, सल्लाहकार, क्षेत्रीय तथा इकाई समितिका साथीहरू, सहयात्री मित्रहरू, शुभेच्छुक र शुभचिन्तकहरू सहित सम्पूर्ण सहयोगी हातहरू प्रति पाल्पाली समाज यूएई हार्दिक धन्यवाद व्यक्त गर्दछ।

त्यसैगरी, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, बुद्धिजीवी, भद्रभलाद्मी, प्राध्यापक, सम्पूर्ण शिक्षक–शिक्षिका र प्यारा विद्यार्थी भाइ–बहिनीहरूलाई पनि अन्तरहृदयदेखि हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्दछौं।

पाल्पाली समाज यूएई शिक्षा, सेवा र सहकार्यमार्फत समाज निर्माणमा निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्दछ।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us