स्व. विष्णु बहादुर थापाका परिवारलाई राहत सहयोग

Kailash Aryal

29 Jan 2017

/ 5:49 pm

स्व. विष्णु बहादुर थापाका परिवारलाई राहत सहयोग

युएई | २९ जनवरी २०१७

पाल्पाली समाज युएईले युएईमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनुभएका पाल्पाका युवा स्व. विष्णु बहादुर थापाका परिवारलाई आर्थिक राहत सहयोग प्रदान गरेको छ।

संकलित सहयोग रकमबाट स्व. थापाका छोराको शिक्षाका लागि १ लाख रुपैयाँ तथा पारिवारिक काजकिरिया खर्चका लागि २५ हजार रुपैयाँ औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गरिएको हो।

समाजले यो सहयोग अभियान मानवीय कर्तव्य र आपसी सद्भावको उदाहरण भएको उल्लेख गर्दै, कठिन परिस्थितिमा परिवारलाई केही भए पनि राहत मिलोस् भन्ने उद्देश्य रहेको जनाएको छ।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us