स्वर्गीय गंगा बहादुर सारुको परिवारलाई पाल्पाली समाज यूएईद्वारा आर्थिक सहयोग हस्तान्तरण

Kailash Aryal

10 Jan 2026

/ 5:37 am

स्वर्गीय गंगा बहादुर सारुको परिवारलाई पाल्पाली समाज यूएईद्वारा आर्थिक सहयोग हस्तान्तरण

रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) मा रहँदा दुःखद रूपमा ज्यान गुमाउनुभएका पाल्पा जिल्ला, माथागढी गाउँपालिकाका स्वर्गीय गंगा बहादुर सारुको परिवारलाई पाल्पाली समाज यूएईले आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

पाल्पाली समाज यूएईले यूएईमा सञ्चालन गरेको विशेष सहयोग अभियानमार्फत संकलित रकम एक औपचारिक कार्यक्रमका बीच पीडित परिवारलाई प्रदान गरिएको हो।

कुल सहयोग रकम नेपाली रुपैयाँ २,३५,९०० मध्ये स्वर्गीय सारुका दुई छोराहरूको उज्ज्वल भविष्य तथा शिक्षालाई प्राथमिकतामा राख्दै जनही रु. १/१ लाख का दरले कुल रु. २,००,००० गरिमा विकास बैंकमा ५ वर्षे मुद्दती खाता (Fixed Deposit) खोलिएको छ। बाँकी रु. ३५,९०० परिवारको तत्कालीन आवश्यकता पूर्तिका लागि नगद रूपमा हस्तान्तरण गरिएको थियो।

उक्त सहयोग हस्तान्तरण कार्यक्रम पाल्पा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणस्थित सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रम पाल्पाली समाज यूएई  श्री कैलाश अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो।

पाल्पाली समाज यूएईले वैदेशिक रोजगारीका क्रममा विभिन्न कठिन परिस्थितिमा परेका पाल्पाली परिवारहरूलाई सहयोग गर्दै आएको छ र आगामी दिनहरूमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us