श्री जनप्रकाश निम्न माध्यमिक विद्यालयमा

Kailash Aryal

27 Dec 2016

/ 6:19 pm

पाल्पाली समाज युएईद्वारा श्री जनप्रकाश निमाविमा अक्षयकोष स्थापना

पाल्पा | २७ डिसेम्बर २०१६ (१२ पुस २०७३)

पाल्पाली समाज युएईले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत पाल्पाको जल्पास्थित श्री जनप्रकाश निम्न माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना तथा हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक प्रोत्साहन प्रदान गर्ने उद्देश्यले उक्त अक्षयकोष स्थापना गरिएको हो। पाल्पाली समाज क्षेत्रीय समिति फुजैराहका अध्यक्ष श्री इन्द्र बहादुर घर्तीज्यूले आफ्नो नेपाल बसाइको क्रममा विद्यालयमै उपस्थित भई अक्षयकोष औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको थियो।

यस पहलले ग्रामीण क्षेत्रका विद्यार्थीहरूको शिक्षा निरन्तरतामा टेवा पुग्ने विश्वास समाजले व्यक्त गरेको छ।


chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us