महेन्द्र नरेश प्रावि-माथागढी गाउँपालिका
29 May 2018
माथागढी गाउँपालिकाका विद्यालयहरूमा पाल्पाली समाज यूएईको शैक्षिक सहयोग अभियान
(महेन्द्र नरेश प्रावि, रहबास)
माथागढी गाउँपालिका, पाल्पा | जेष्ठ १६, २०७५
“शिक्षामा लगानी नै भविष्यमा लगानी हो” भन्ने मान्यतालाई आत्मसात् गर्दै पाल्पाली समाज यूएईले माथागढी गाउँपालिका–रहबास मा अवस्थित श्री महेन्द्र नरेश प्राथमिक विद्यालय मा गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक सहयोगका लागि स्थापना गरिएको अक्षयकोष हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा पाल्पाली समाज यूएईका तर्फबाट दुबई समिति अध्यक्ष श्री खगेश्वर पाल्पाली (कान्छा), सदस्य श्री कुल बहादुर केसी तथा श्री श्याम रञ्जन ज्यू को गरिमामय उपस्थिति रहेको थियो। साथै, कार्यक्रम सफल बनाउन माथागढी गाउँपालिका प्रमुख श्री सन्तोष थापा मगर ज्यू, शिक्षा कार्यालय प्रतिनिधि तथा स्रोत व्यक्ति श्री काशीराम बस्याल ज्यू ले विशेष भूमिका निर्वाह गर्नुभएको थियो।

विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक–शिक्षिका तथा स्थानीय बुद्धिजीवीहरूको सक्रिय सहभागिताले कार्यक्रम अत्यन्तै सभ्य, भव्य र प्रभावकारी रूपमा सम्पन्न भएको थियो।
पाल्पाली समाज यूएईले शिक्षा क्षेत्रमार्फत समाज निर्माणमा योगदान पुर्याउने आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण सहयोगी हातहरूप्रति हार्दिक आभार प्रकट गरेको छ।
