भगवती आधारभूत विद्यालयमा

Kailash Aryal

16 Nov 2016

/ 6:11 pm

पाल्पाली समाज युएईद्वारा भगवती आधारभूत विद्यालयमा अक्षयकोष हस्तान्तरण

पाल्पा | १६ नोभेम्बर २०१६ (२०७३ कात्तिक)


‘सेवा नै धर्म हो’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै प्रवासमा रहेका नेपालीहरूको साझा संस्था पाल्पाली समाज युएईले आफ्नो वार्षिक कार्ययोजना अनुसार पाल्पामा शैक्षिक सहयोग कार्यक्रम सम्पन्न गरेको छ।

मिति १६ नोभेम्बर २०१६ (२०७३ कात्तिक) का दिन तानसेन नगरपालिका (साविक मदनपोखरा गाविस–४), छापास्थित भगवती निम्न माध्यमिक विद्यालय (हाल भगवती आधारभूत विद्यालय) मा एक विशेष समारोहबीच ‘गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति अक्षयकोष’ हस्तान्तरण गरिएको हो।

उक्त अक्षयकोष पाल्पाली समाज युएईका पदाधिकारीहरू श्री खुम बहादुर आले, श्री नवीन नगरकोटी, श्री गुम बहादुर राम्जाली तथा श्री श्याम गन्धर्वको विशेष उपस्थितिमा विद्यालय व्यवस्थापन समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।

समाजले यस कार्यक्रममार्फत ग्रामीण क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शिक्षा निरन्तरतामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us